पर्वतीय उडानमा आकर्षण बढ्दो | Khabarhub Khabarhub

पर्वतीय उडानमा आकर्षण बढ्दो


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिएपछिको सफा मौसम अनि खुलेको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यले जो कोहीलाई लोभ्याउँछ । अनुपम प्राकृतिक सुन्दरता भूधरातलीय स्वरुपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ । पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ का लागि अहिले उपयुक्त मौसम पनि हो । यो सिजनमा पर्वतीय उडान बढी हुन्छ । पर्यटकीय सिजन चलिरहेको र मौसमले पनि साथ दिएकाले अहिले पर्वतीय उडान उत्साहवद्र्धकरुपमा चलिरहेको एयरलाइन्सले जनाएका छन् ।

निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलगायतले पर्वतीय उडान गर्दै आएका छन् । मौसमले साथ दिएकाले पर्वतीय उडान उत्साहवद्र्धकरुपमा चलिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । ‘पर्वतीय उडान ह्वात्तै बढेको छ, तिहारसम्मका लागि राम्रो बुकिङ आइरहेको छ, योक्रम बढ्ने विश्वासमा छौँ’, उनले भने ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले यो सिजनमा पर्वतीय उडानमा आकर्षण बढेको बताए । उनले भने, ‘मौसम खुलेसँगै पर्वतीय उडान राम्रो भएको छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र जाडो मौसममा बादल कम हुने र निलो आकाशमुनि हिमशृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्छ ।’

बुद्ध एयरले आज मात्रै चार वटा पर्वतीय उडान गरेको छ । अघिल्लो शनिबार आठ उडान गरेको थियो । यती एयरलाइन्सले दैनिक दुईभन्दा बढी उडान गरिरहेको छ । पर्वतीय उडान हरेक दिन हुन्छ । अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनाका लागि उपयुक्त मौसम हो । बादल खुलेकाले हिमाल स्पष्टरूपमा देख्न सकिन्छ ।

मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालायित तुल्याउँछ । हिमाल स्पष्ट देखिने र यो सिजनमा धेरै सङ्ख्यामा विदेशी घुम्न आउने भएकाले पनि एयरलाइन्स, होटल र पदयात्राको विजनेश राम्रो भएको छ । पर्यटकीय सिजनमा अहिले गन्तव्य आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ रहेको होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनले भने, ‘यो सिजनमा आन्तरिक पर्यटन एकदमै राम्रो छ, अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।’

सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायित हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । सगरमाथासहितका अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न पर्यटक औधी रुचाउँछन् ।

सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्यावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको हो । पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा गन्तव्यमा गएका छन् । प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा पछिल्ला वर्षमा नेपाली हिमाल अवलोकन गर्न औधि रुचाएका छन् ।

राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुन्छ । विमानस्थलबाट सुरु हुने यो उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायी बताउँछन् ।

बुद्ध एयरले पर्वतीय उडानका लागि १५ हजार भाडा तोकेको छ । यो मूल्य नेपाली र भारतीयलाई हो । अन्य मुलुकका विदेशी नागरिकलाई दुई सय ३० अमेरिकी डलर कायम गरिएको छ । यती एयरलाइन्सले पनि रु १५ हजारमा पर्वतीय उडान गर्दै आएको छ । अहिले एयरलाइन्सले यात्रुको मागबमोजिम दैनिक पर्वतीय उडान सञ्चालन गर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार अहिले मौसमले पनि साथ दिएकाले पर्वतीय उडानमा आकर्षण बढेको छ । पर्वतीय उडान दैनिकरूपमा सञ्चालन हुँदै आएको छ । यो विमानस्थल भएर अहिले ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् । दैनिक दुईतर्फ सरदर १८० उडानमार्फत झण्डै १३ हजार यात्रु आवतजावत गरिरहेको विमानस्थलले जनाएको छ ।

सिबी अधिकारी रासस

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ३६ बजे

आईपीएल क्वालिफायर-२ : मुम्बई र पञ्जाब भिड्नै लाग्दा पानी बन्यो भिलेन

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल-२०२५) को क्वालिफायर-२ मा मुम्बई इन्डियन्स

भारतीय नेता भन्छन्– भारतले प्रतिभा र प्रविधि अनि पाकिस्तानले चाहिँ आतंककारी निर्यात गर्छ

काठमाडौं– भारतको शिवसेना पार्टीका सांसद श्रीकान्त शिन्देले पाकिस्तानको चर्को आलोचना

कमल थापा पक्राउप्रति राप्रपा नेपालको कडा आपत्ति, आन्दोलन सशक्त बनाउने

काठमाडौं- राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिद्वारा आयोजित शान्तिपूर्ण प्रदर्शनका क्रममा राप्रपा

राप्रपाले सरकारलाई भन्यो- कमल थापासहित पक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस्

काठमाडौं- राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको मागसहित जेठ १५

डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित

पोखरा–  फेवातालमा आइतबार भएको दोस्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ