राष्ट्रपतिका अधिकार कटौती गर्ने गरी श्रीलङ्कामा संविधान संशाेधन « Khabarhub

राष्ट्रपतिका अधिकार कटौती गर्ने गरी श्रीलङ्कामा संविधान संशाेधन


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काको संसद्ले कार्यकारी राष्ट्रपतिका केही अधिकारहरू कटौती गर्ने गरी संविधानको २२ औं संशोधन पारित गरेको छ ।

संसदबाट दुई तिहाई बहुमतले पारित भएको सो संशोधनमा राष्ट्रपतिका केही मुख्य अधिकारहरू कटौती गरिएका छन् । जम्मा १७४ सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् भने विपक्षमा एक मत परेको श्रीलङ्काबाट प्रकाशित हुने डेली मिररले उल्लेख गरेको छ ।

त्यस्तै, एक जना सदस्यले मतदान प्रक्रियामा सहभागिता नजनाएको डेली मिररले जनाएको छ ।

सन् १९४८ मा बेलायती शासनबाट मुक्त भएयताकै सबैभन्दा खराब आर्थिक एवम् राजनीतिक सङ्कटको सामना गरिरहेका बेला श्रीलङ्काली संविधान संशोधन गरिएको हो ।

मुलुकमा विदेशी मुद्रा सञ्चितिको चरम अभावले इन्धन अभाव, विद्युत कटौती र खाद्यान्नको मूल्यवृद्धिले अर्थतन्त्र टाट पल्टिएको छ भने जनतामा चरम निराशा र आक्रोश कायम छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ५५ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा