भारतमा १० करोड डोज ‘कोभिशिल्ड’ खोप नष्ट « Khabarhub

भारतमा १० करोड डोज ‘कोभिशिल्ड’ खोप नष्ट


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा खोप निर्माता कम्पनीले १० करोड डोज कोभिड १९ विरुद्धको खोप नष्ट गरेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इण्डिया एसआईआईले म्याद गुज्रेका १० करोड डोज खोप नष्ट गरेको बीबीसीले जनाएको छ ।

उक्त कम्पनीले गत डिसेम्बरबाट ‘कोभिशिल्ड’ खोप उत्पादन बन्द गरेको थियो । बजारमा माग घटेसँगै उत्पादन बन्द गर्नु परेको कम्पनीका प्रमुख कार्यकारी अदर पुनावालालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि कम्पनीले भारतमा अस्ट्राजेनेकाको भ्याक्स्जेभ्रिया नामक खोपको उत्पादनलाई निरन्तरता दिइरहेको जनाइएको छ ।

भारतमा ९० प्रतिशतलाई कोभिशिल्ड खोप दिइएको थियो । भारतमा हाल २ अर्ब डोज कोभिड १९ विरुद्धको खोप दिइएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार ७० प्रतिशत भारतीयले कम्तीमा दुई डोज खोप लिइसकेका छन् ।

जनवरी २०२२ बाट भारतले स्वास्थ्यकर्मी एवम् स्वास्थ्य कार्यकर्ता र ६० वर्ष माथिका मानिसहरुलाई बुस्टर डोज समेत दिन थालेको थियो । पछि सबै वयस्कलाई बुस्टर डोज दिने घोषणा गरिएको थियो ।

यद्यपि हालसम्म भारतमा केबल २९ करोड डोजमात्र बुस्टर खोप प्रदान गरिएको छ ।

‘मानिसहरु कोभिडबाट दिक्क भएजस्तो देखिएसँगै बुस्टर डोजको माग नै छैन’ पुनावालाले सञ्चारकर्मीहरुलाई भने, ‘साँच्चै भन्दा म पनि दिक्क भइसकेँ । हामी सबै ।’

उनका अनुसार कम्पनीसँग अझै १० करोड डोज खोप सञ्चितीमा रहेको छ । ९ महिनासम्म म्याद रहेका खोपहरुको यही वर्षको सेप्टेम्बर महिनामा म्याद गुज्रेको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : ०९ बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको