पाकिस्तानमा धर्म परिर्वतन गरी हिन्दूलाई जबरजस्ती मुसलमान बनाइयो « Khabarhub

पाकिस्तानमा धर्म परिर्वतन गरी हिन्दूलाई जबरजस्ती मुसलमान बनाइयो


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा एक जना हिन्दू धर्मावलम्बीको जबरजस्ती धर्म परिवर्तन गराइएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा हिन्दू धर्मावलम्बी अजय कुमारलाई धर्म परिवर्तन गरी मुसलमान धर्मावलम्बी बनाइएको हो ।

उनको सिन्ध प्रान्तको लर्कानास्थित जामिया इस्लामिया मस्जिदमा धर्म परिवर्तन गरिएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार जमियात उलेमा ए सिन्ध नामक धार्मिक संगठनका महासचिव मौलाना रशिद महमुद सुम्रोले उनको धर्म परिवर्तन गराएका हुन् ।

उनको धर्म परिवर्तन गरिएको समारोहको तस्वीर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । उक्त तस्वीरमा उनी निकै निराश देखिन्छन् ।

तीव्र गतिमा इस्लामिक दिशामा अघि बढिरहेको पाकिस्तानी समाजमा पछिल्लो समय जबरजस्ती धर्म परिवर्तन र धार्मिक अल्पसङ्ख्यकमाथि दमनका घटना सार्वजनिक हुने गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ३४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज