फिलिपिन्सका सैनिकलाई साइबर सुरक्षाबारे प्रशिक्षण दिने भारतको प्रस्ताव « Khabarhub

फिलिपिन्सका सैनिकलाई साइबर सुरक्षाबारे प्रशिक्षण दिने भारतको प्रस्ताव


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्सको सेनालाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिन आफू तयार रहेको भारतले जनाएको छ ।

फिलिपिन्सका लागि भारतीय राजदूत शम्भु कमारणले फिलिपिन्सका सैनिकलाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिन भारत तयार रहेको जनाएका हुन् ।

फिलिपिन्सको राष्ट्रिय सुरक्षा विभागका उपसचिव होजे फाउत्सिनोसँगको कुराकानीका क्रममा राजदूत कुमारणले सैनिक प्रशिक्षणसम्बन्धी प्रस्ताव राखेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

जवाफमा फाउत्सिनाले हिन्द प्रशान्त क्षेत्रमा भारत फिलिलिन्सिको महत्वपूर्ण साझेदार रहेको बताएका थिए । उनले उच्चस्तरीय वार्ता, शिक्षा एवम् प्रशिक्षण आदान प्रदान, सूचना साझा, रक्षा एवम् बन्दोबस्ती उद्योगको साझेदारीका विषयमा दुई मुलुकबीच कायम रक्षा साझेदारीलाई निरन्तरता दिइने विश्वास व्यक्त गरेका थिए ।

उनले फिलिपिन्सको राजधानी मनिलामा भारतीय रक्षा दूतलाई स्वागत गर्न समेत आफू उत्सुक रहेको प्रतिक्रिया दिएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ४७ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका