नवौँ राष्ट्रिय खेलकुदकमा पदक विजेता खेलाडी सम्मानित « Khabarhub

नवौँ राष्ट्रिय खेलकुदकमा पदक विजेता खेलाडी सम्मानित


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कास्की –पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई कास्की जिल्ला टेनिस सङ्घले आज नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसमा गण्डकी प्रदेशले इतिहास रच्दै तीन स्वर्ण पदक जितेको खुसीयालीमा खेलाडीलाई सम्मान गरिएको हो । सङ्घले प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने खेलाडी प्र्रदीप खड्कालाई नगद रु २० हजार, टोलीमा दुई स्वर्ण र एक रजत प्राप्त गरेका खेलाडी अनिल साईलाई रु १२ हजारसहित सम्मान गरेको छ ।

यसैगरी टोलीमा एक स्वर्ण र एक रजत हासिल गरेका खेलाडी आशिष खड्का र सौगात विकलाई जनही रु सात–सात हजार तथा एक रजत पदक हासिल गरेका विवेक मगरलाई रु पाँच हजार प्रदान गरिएको छ । यस्तै एक कास्य जितेकी प्रीति बराललाई रु दुई हजार र प्रशिक्षक नीरज थापालाई रु पाँच हजार नगदसहित सम्मान गरिएको कास्की जिल्ला टेनिस सङ्घका सचिव नवीन श्रेष्ठले जानकारी दिए ।

यसैगरी कास्कीकै अग्रज टेनिस खेलाडीले पनि पदक हासिल गरेका खेलाडीलाई सम्मान गरे । अग्रज खेलाडी समीर शेरचनले प्रदीप खड्कालाई नगद रु २५ हजार र अन्य चार पुरुष खेलाडी अनिल साई, आशिष खड्का, सौगात विक र विवेक मगरलाई जनही रु पाँच–पाँच हजार नगदसहित सम्मान गरे ।

अग्रज टेनिस खेलाडी अनुज बाँस्तोलाले आफ्ना छोरा अभिषेक बाँस्तोलाको नाममा विजेता खेलाडी प्रदीपलाई रु ३० हजार, अनिल साईलाई रु १५ हजार तथा आशिष खड्का, सौगात विक, विवेक मगर र प्रीति बराललाई जनही रु पाँच हजारले सम्मान गरे ।

यसैगरी अग्रज टेनिस खेलाडी राजेन्द्रप्रसाद घिमिरेले नेपालका नं १ टेनिस खेलाडी खड्कालाई नगद रु १० हजारसहित सम्मान गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ५१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका