युक्रेनमा २० प्रतिशतसम्म विद्युत कटौती गरिँदै « Khabarhub

युक्रेनमा २० प्रतिशतसम्म विद्युत कटौती गरिँदै


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कीभ – रूसी आक्रमणका कारण उत्पादनमा असर परेपछि युक्रेनका केही भागमा विद्युत्को प्रयोग २० प्रतिशतसम्म घटिरहेको राष्ट्रिय ऊर्जा सञ्चालक युक्रेनेर्गोले शनिबार एएफपीलाई बताएको छ ।

‘हामी नागरिक र व्यवसायहरू दुबैप्रति आभारी छौं । नागरिकले घरमा आफ्नो विद्युत खपत कम गरेका छन् र उद्योग, फर्म तथा कार्यालयहरूले आफ्नो कार्यालय र कार्यस्थलमा यस्तै गरिरहेका छन् । हामीले विभिन्न क्षेत्रमा बचत देख्छौं र विभिन्न दिनमा स्वेच्छिक उपभोगमा कमीको स्तर औसतमा पाँच देखि २० प्रतिशतसम्म हुन्छ,’ युक्रेनका प्रमुख भोलोडिमिर कुद्रित्स्कीले एएफपीसँगको लिखित प्रतिक्रियामा उल्लेख गरेका छन् ।

युक्रेनको ऊर्जा प्रणालीका लागि यी ‘महत्वपूर्ण मात्रा’ भए तापनि ती क्षेत्रहरूका लागि पर्याप्त थिएनन् जहाँ पूर्वाधारले ‘सबैभन्दा बढी क्षति बेहोरेको’ थियो । त्यसैले युक्रेनी ती क्षेत्रले ‘जबरजस्ती प्रतिबन्धहरू’को सहारा लिनुपरेको छ ।

रुसी सेनाले हालैका दिनहरूमा विशेष गरी युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमणहरू गरेको छ, जसमा शनिबार बिहान देशभरि पछिल्लो आक्रमणहरू भएका छन् ।

कुद्रित्स्कीले अक्टोबर १० र १२ मा भएको आक्रमण ‘युरोपेली इतिहासको ऊर्जा प्रणालीमाथिको सबैभन्दा ठूलो आक्रमण’ भएको बताए ।

क्रिमियन प्रायद्वीपलाई रुससँग जोड्ने एउटा महत्वपूर्ण पुलमा क्षति पु¥याएको विस्फोटको प्रतिशोधस्वरूप रूसी सेनाले अक्टोबर १० मा युक्रेनका विभिन्न शहरमा ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको कीभले जनाएको छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : ४७ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका