घण्टी बजाउँदै रवि लामिछानेको उदय « Khabarhub

घण्टी बजाउँदै रवि लामिछानेको उदय

ठूला पार्टीलाई धक्का, युवाको बढोत्तरी पक्का !


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली राजनीतिमा नयाँ कोर्सका रुपमा रवि लामिछानेको उदय हुने पक्का देखिएको छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबाट चर्चित हुँदै राजनीतिका चर्का कुरा गर्ने लामिछानेले टेलिभिजन सेट छाडेर यसैपटक राजनीतिक मैदानमा आएका हुन् ।

एउटा कार्यक्रमबाट ग्यालेक्सी टेलिभिजनकै जिम्मेवारी सम्हाल्न पुगेका रवि लामिछाने स्थानीय तहको चुनावबाट हौसिएर चुनावमा होमिने निर्णय गरेका थिए । टेलिभिजन कार्यक्रम चलाउँदा भएको टिम नै बोकेर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका रविले आफ्नो पाइला राजनीतिमा राख्न चाहेका थिए ।

तर टेलिभिजन कार्यक्रममा ठूला पार्टीका ठूला नेतालाई गाली गरेर सर्वसाधारण नागरिकको मन जितेका रविले पार्टी खोलेपछि धेरैको साथ र सहयोग पाए । स्वतन्त्र उठेपछि चुनाव जितिन्छ भन्ने लहर चलेका बेला रविकै स्वतन्त्र पार्टीमा गएपछि झन् सजिलो हुने ठानेर धेरै जना उनको अभियानमा लामबद्ध भएका थिए ।

सोहीअनुसार काठमाडौँ उपत्यकामा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका धेरै सक्षम युवा पनि रविको पार्टीको चुनाव चिन्हबाट मैदानमा उत्रिएका थिए । स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकामध्ये पुकार बम, शिशिर खनाल, विराजभक्त श्रेष्ठले रविकै पार्टीको चुनाव चिन्ह लिएका थिए ।

अहिले रविकै प्रभावमा काठमाडौँका खास क्षेत्रमा शिशिर, विराजभक्तले अग्रता लिएका छन् । यस्तै ललितपुरबाट तोसिमा कार्कीले अग्रता लिएकी छन् । ललितपुर ३ मा तोसिमाको अग्रताले मन्त्रीसमेत रहेकी पम्फा भुसालले हार बेहोर्नुपर्ने अवस्था आउन सक्ने आँकलन गरिएको छ ।

रविको पार्टीले काठमाडौँ, चितवन मात्रै होइन, झापा, मोरङ, कास्कीसम्ममा राम्रै मत ल्याएको छ । केही ठाउँमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा दर्जन बढी क्षेत्रमा जित हात पार्ने सम्भावना बढेको छ । यस्तै समानुपातिकतर्फ पनि स्वतन्त्र पार्टीले राम्रो प्रभाव ल्याउने सम्भावना देखिएको छ ।

टेलिभिजन कार्यक्रमबाट सुरु भएको रवि लामिछानेको चर्चा र लोकप्रियता राजनीतिमा पुग्दा उत्कर्षमा पुगेको छ ।

 दक्षिण एसियामा नयाँ उभार

यो चुनावबाट यदि रवि लामिछानेको पार्टीले दर्जन बढी प्रत्यक्ष सिट जितेको खण्डमा दक्षिण एसियामै यो नयाँ उभार हुनेछ । भारतमा आम आदमी पार्टी र पाकिस्तानमा इमरान खानको पार्टीले वैकल्पिक शक्तिको सम्भावना पुष्टि गरेपनि नेपालमा भने निरन्तर असफल भइरहेको थियो ।

शुरुमा नेपालका नयाँ तथा वैकल्पिक शक्तिका बारेमा डा. बाबुराम भट्टराईले चिन्तन गरेका थिए । उनले माओवादी पार्टी छाडेर नयाँ शक्ति पार्टी गठन पनि गरे । तर लामो समय उनी आन्तरिक झमेलामै फसे ।

पार्टीभित्रैका स-साना समस्या सुल्झाउन नसक्दा उनी नयाँ शक्तिबाट पुरानै शक्तिमा सीमित रहे । नयाँ शक्ति तत्कालीन संघीय समाजवादी फोरम हुँदै जसपामा पुग्यो । अहिले बाबुराम जससा र नेपाल समाजवादी पार्टी हुँदै माओवादीमा पुगिसकेका छन् ।

नेपालमा वैकल्पिक पार्टी बनाउन रविन्द्र मिश्रले अर्को प्रयास गरेका थिए । उनले बीबीसीको जागिर छाडेर वैकल्पिक शक्तिका रुपमा साझा पार्टी गठन गरे । तर एउटै एउटै धाराका साझा र विवेकशील नेपाली पार्टी भएपछि रवीन्द्रकै प्रस्तावमा दुई पार्टीबीच एकता भयो ।

विवेकशील नेपाली पार्टी उज्ज्वल थापाले गठन गरेका थिए । उनको गएको वर्ष कोरोना महामारीमा मृत्यु भएको थियो । विवेकशील र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बन्यो । जुन पार्टी एकपटक फुट्यो । फेरि मिल्यो ।

तर रवीन्द्र मिश्रको राईदाईका कारण यो पार्टी छिन्नभिन्न भयो । अन्ततः रवीन्द्र आफैँले विवेकशील साझा पार्टीबाट राजीनामा दिए । उनी राप्रपा प्रवेश गरेका थिए । राप्रपाबाट काठमाडौँ १ मा फेरि उम्मेद्वार बनेका उनी प्रकाशमानसित थोरै मतान्तरले पराजित बने ।

यसअघि पनि उनले प्रकाशमानसँगै पराजित हुनु परेको थियो । यसपटक पनि पराजित भए । उनले नेपालमा वैकल्पिक शक्तिलाई धुँजाधुँजा पार्न ‘भिलेन’ को भूमिका खेलेको उनकै छुटेका सहकर्मीको टिप्पणी छ ।

रवीन्द्र मिश्र, उज्ज्वल थापा, मिलन पाण्डे वैकल्पिक शक्ति बनाउँदा विरक्तिएका बेला एकाएक काठमाडौँमा बालेनको जितले हौसिएका रवि लामिछोनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए । उनले पार्टी गठन गर्दा धेरैले विरोध गरेका थिए ।

स्वतन्त्र पनि पार्टी हुन्छ ? भन्दै प्रश्न गरेका थिए । तर त्यही पार्टीले ठूला पार्टीलाई ठूलो धक्का दिएको छ । वैकल्पिक रुपमा ठूलो शक्ति बन्दै उदाएको छ । यो शक्तिले नेपालमा अब पुराना पार्टी, ठूला पार्टीलाई चुनौति मात्रै दिने छैन, कम्तीमा नेपालमा नयाँ र सुधार भएको युवाको नेतृत्वमा शक्तिशाली पार्टी बन्ने अनुमान छ । यसले ठुलो पार्टीलाई धक्का दिएर युवालाई बढोत्तरी दिने र बुढा नेताहरुलाई जबर्जस्त बिदाई गर्ने पनि अपेक्षा गरिएको छ ।

रविको राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिण एसियामै छोटो समयमा शक्तिशाली भएर उदाएको पार्टीका रुपमा दरिएको छ । यसले भविष्यमा नेपालको राजनीतिक कोर्स परिवर्तन गर्न ठूलो भूमिका खेल्ने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : २७ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन