काठमाडौं ४ मा गगन थापा दुई हजार ७११ मतान्तरले अगाडि « Khabarhub

काठमाडौं ४ मा गगन थापा दुई हजार ७११ मतान्तरले अगाडि


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार गगन कुमार थापाले सुरुवाती अग्रतालाई कायम राखेका छन् ।

बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका ८ वटा वडाको राति १२ बजेसम्मको मतगणनामा थापाले २ हजार सात सय ११ मतले अग्रता लिएको हो। निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार २५ हजार नौ सय ६३ मतगणना हुँदा थापाले ११ हजार नौ सय ८८ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार डा राजन भट्टरार्ईले नौ हजार दुई सय ७७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्रपा उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले एक हजार ४३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले एक हजार १११ मत प्राप्त गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा २ तर्फको बुढानीलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् । यस क्षेत्रको प्रतिनिधिसभा सदस्य पदको मतगणना सकिएको छ ।

अहिले प्रदेशसभा १ अन्तर्गतका काठमाडौँ महानगरपालिका अन्तर्गतका वडा नम्बर १, ७, ८ र ३० को गणना सुरु भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ०६ बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले