सिन्धुपाल्चोक २ मा कांग्रेस, १ मा एमालेको अग्रता « Khabarhub

सिन्धुपाल्चोक २ मा कांग्रेस, १ मा एमालेको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका हुन्।

जारी मतगणनामा बस्नेतले तीन हजार एक सय ७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत प्राप्त गरेका छन्।

प्रदेशसमा ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज दुलालको अग्रता रहेको छ। उनले तीन हजार ३५ मत पाएका छन् भने एमालेका अमानसिं तामाङले एक हजार आठ सय ३३ मत ल्याएका छन्। हालसम्म क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको चार वटा वडा गणना सम्पन्न भएको छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा भने एमालेले अग्रता लिएको छ। एमालेका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गर्दा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले दुई हजार नौ सय एक मतका साथ पछ्याइरहेका छन्।

प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ। उनले दुई हजार एक सय ३९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले एक हजार नौ सय २१ मत पाएका छन्। हालसम्म क्षेत्र नम्बर १ को भोटेकोसी गाउँपालिकाको गणना सकिएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ५५ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने