सुर्खेत २ मा कांग्रेसका थानी मतान्तरण बढाउँदै « Khabarhub

सुर्खेत २ मा कांग्रेसका थानी मतान्तरण बढाउँदै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हृदयराम थानीले मतान्तर बढाउँदै लगेका छन् ।

२५ हजार तीन सय २१ मतगणना हुँदा उनले ११ हजार आठ सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले नौ हजार चार सय ४३ मत प्राप्त गरेर पछ्याइरहेका छन् । क्षेत्रीभन्दा थानी दुई हजार चार सय ४२ मतले अगाडि छन् ।

यस्तै २५ हजार तीन सय २१ मतगणना हुँदा राप्रपाले आठ सय ६८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार तीन सय ८३ मत, नेपाल मजदुर किसान पार्टीले एक सय सात मत, जनता समाजवादी पार्टीले एक सय ४२ मत, स्वतन्त्र (लाटोकोसेरो)ले १८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (तिर) ले एक सय पाँच मत, दुई अन्य उम्मेदवारले २४ मत प्राप्त गरेको मतदान अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ हालसम्म एक हजार तीन सय ४६ मत बदर भएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ३२ बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले