प्रदेश सभामा जनमत पार्टीको पहिलो जित « Khabarhub

प्रदेश सभामा जनमत पार्टीको पहिलो जित


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुर- चन्द्रप्रकाश राउत (सिके) नेतृत्वको जनमत पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । सप्तरी २ (ख)बाट प्रदेशसभा सदस्यमा सो पार्टीका महेशप्रसाद यादव विजयी भएका छन्।

यादव आफ्ना प्रतिद्वन्द्वीभन्दा ६३०२ मत अन्तरले विजयी भएका हुन्। उनी १३३२५ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी उमेशकुमार यादवले ७०२३ मत पाए ।

सप्तरी २ (ख)मा पनि सोही पार्टीका सतिश सिंह १४३२२ मतसहित अग्रस्थानमा छन्। जनता समाजवादी पार्टीका शैलेन्द्रप्रसाद साहले ६७४९ मतसहित सिंहलाई पछ्याइरहेका छन् । सो निर्वाचन क्षेत्रको मतगणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए।

हालसम्म भएको मत गणना अनुसार सप्तरी २ मा जनमत पार्टीका सिके राउत १४४६८ मत ल्याएर अग्रस्थानमा छन् । जसपा अध्यक्ष उपेन्द्र यादव ७२७१ मतसहित दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै