नेपालको राजनीतिमा इमानको खडेरी देखियो « Khabarhub

नेपालको राजनीतिमा इमानको खडेरी देखियो


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दलहरूले सरकार बनाउन अन्तिम कसरत गरिरहेको देखिन्छ। सत्ता गठबन्धनमा फुट आइसकेको छैन त्यसैले उनीहरूकै सरकार बन्ला भन्न सकिन्छ। तर प्रचण्डले आफ्नो नेतृत्वमा पहिलो कार्यकाल प्रधानमन्त्री बन्न पाउनु पर्छ भन्ने दाबी पेस गरेसँगै के हुन्छ भन्न सकिने स्थिति छैन। यस्तो अवस्थामा नेकपा एमालेका नेता डा.भीम रावलसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश:

नेताहरू हिजो जनताको मन जित्ने खेलमा लागेनन्, यो पुरानो भद्दा खेल मन परेन भनेर जनताले मतदानमार्फत परिणाम दिँदा पनि त्यही खेल अझै निरन्तर भइराख्ने रवैया अहिलेको नेतृत्वले पनि देखायो नि ?
त्यो खेल मैदानका खेलाडी समेत पराईलाई राखिएको थियो । नियम मिचेर यो राजनीतिक खेलमैदान फोहोर बनाइयो । त्यसैले यो बाट नेपाली जनताले आशा गर्ने ठाउँ छैन ।

अब कस्तो खालको सरकार बन्ला त ?

हामीले नेपालको संविधान बनाउँदा देशको स्रोत/साधनलाई परिचालन गर्ने, उद्योग धन्दालाई पहिलो प्राथमिकता दिने कुराहरू राखिएको छ तर त्यो भएन । हाम्रा सीमा नाकाहरू मिचिएका छन्। त्यसको कहिले छलफल हुँदैन । अहिले दलहरूको छलफल भागबन्डामै सिमित भयो। जसले आफूलाई भने जति पद दियो त्यतै मिल्दै जाने प्रवृत्ति देखियो । राजनीति व्यक्तिको स्वार्थमा केन्द्रित भयो। सिद्धान्त गन्तव्य केही भएन।

अहिले प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना कति छ ?

सबैको उद्देश्य कसरी पद हत्याउने भन्ने देखिन्छ। गठबन्धन नेपाली कांग्रेससँग आफूलाई सरकारमा ल्याउन गरिएको चर्चा जस्तो मात्र लाग्छ। अहिले नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको बीचमा सरकार गठन गर्न एकै लाइनमा हिँडेर काम गर्ने अवस्था बनेको छैन । बाहिर केपी ओलीले माधव नेपाललाई जति नै गाली गरे पनि ‌ओलीनिकटले नेपालसँग भित्र भित्र बार्ता गरिरहेका छन्। निर्वाचनको परिणाम लगत्तै प्रचण्ड र ओलीबीचमा टेलीफोन वार्ता भयो । त्यसैले बाहिर एउटा भन्ने र भित्र अर्को गर्ने प्रचलन बढेको छ ।

अहिले प्रचण्ड एमालेसँग मिलेर सरकार बनाउन तयारी गर्लान् त ?
त्यो सम्भावना म अहिले देख्दिन । प्रचण्डले म गठबन्धनलाई टिकाएर लान्छु भन्नु भएको छ । गर्न त भागबन्डा गर्ने हो तर पहिला प्रधानमन्त्री मलाई दिनुहोस भन्नु भएको छ। नेपालको राजनीतिमा इमानको खडेरी छ।

अब एमाले-माओवादी एकता कत्तिको सम्भव छ ?
जबसम्म पार्टीका घोषित नीतिका कार्यलाई खोलेर हेर्दा राष्ट्रीय स्वार्थलाई एकातिर राखेर नेपालको संविधानलाई राष्ट्रको हित र स्वाभिमानकोको लागि जे कुरा त्यहाँ व्यवस्था गरेको छ त्यसलाई मन बचन र कर्मले स्वीकार गरेर माक्सबाद र कम्युनिस्ट पार्टी हटाउनु पर्याे । ती सिद्धान्त कार्यक्रम र देशका लागि गर्नु पर्न कामहरू गरेर विगतका गल्ती कमी कमजोरीलाई सच्याएर जाने हो भने एकता हुन्छ । तर स्वार्थको लागि मात्र जाने हो भने बालुवाको घर जस्तै बन्दैन बन्यो भने ढल्छ ।

अहिले मुख्य दलका नेताहरूले गल्ती भएछ भनेर अभिव्यक्ति दिए त ?
अहिलेसम्म सुधारको सम्भावना कमी छ । कसैले पनि आफ्ना विगतका गल्तीलाई लिएर सुधार तर्फ लाग्छु भनेर कुनै दलले भनेको पाइएको छैन । धेरै अगाडिदेखि नेपालीको राजनीतिमा विधिलाई कमजोर बनाइयो र व्यक्तिलाई शक्तिशाली बनाइयो । अहिलेका जस्तो निरीहता राणाकलामा राणाले पनि देखाएनन् ।

एमालेको महासचिबले कांग्रेसले नेतृत्व गर्छ भने हामी समर्थन गछौँ भन्नु भएको थियो नि !
नेपाली कांग्रेस र एमाले भनेको मुख्य प्रतिश्पर्धी दल हुन् । दर्शन सिद्धान्त कार्यक्रम,नीति र कार्यशैली कुनैमा नमिल्ने पार्टीले यस्तो भने पछि देशलाई कता लाने ? बिचारको बिचमा नै विवाद हुन्छ ।

माओवादीमा नयाँ नेतृत्व आउला त ?
आजको युगमा जनता बुद्धिमानी छन् । माओवादी वा अरू पार्टीमा एउटा नेतृत्व तहमा रहेको व्यक्ति अजर/अमर छैन । भोलि राम्रो मान्छे आउँछ भन्ने कसैमा छैन । बरु कोही राम्रो आयो भने त्यसलाई निमोठ्ने पद्धति मात्र छ ।

(एभिन्युज टेलिभिजको सहकार्यमा पुष्पाञ्जली बस्नेतको प्रस्तुति )

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १० : १६ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको