विश्व इतिहासमा आजः अमेरिकी सेनामा समलिंगीलाई भर्तीदेखि रोमानियाका राष्ट्रपतिको हत्यासम्म « Khabarhub

विश्व इतिहासमा आजः अमेरिकी सेनामा समलिंगीलाई भर्तीदेखि रोमानियाका राष्ट्रपतिको हत्यासम्म


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज २२ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

अमेरिकी सेनामा समलिंगीलाई भर्ना

सन् २०१० मा अमेरिकी सेनामा ‘नसोध, नभन’ भन्ने नीति लागू गरिएको थियो। अमेरिकी सेनामा समलिंगीलाई पनि भर्ना गर्ने योजनास्वरुप तत्कालीन राष्ट्रपति बाराक ओबामाले सो नीतिमा हस्ताक्षर गरेका थिए। त्यससँगै समलिंगीलाई सेनामा भर्ती हुने बाटो खुलेको थियो।

रोमानियाका राष्ट्रपति र प्रथम महिलाको हत्या

देशव्यापी विशाल प्रदर्शनपछि सन् १९८९ मा रोमानियाका कम्युनिस्ट राष्ट्रपति निकोलेइ सिउसेस्कु पदमुक्त भएका थिए। पदमुक्त भएपछि राष्ट्रपति र उनकी पत्नी एलिनाले देश छोड्ने प्रयास गरेका थिए। प्रदर्शनकारीले उनीहरुलाई प्रकाउ गरेर गोली हानेर हत्या गरेका थिए। सन् १९८० को दशकमा कम्युनिस्ट सरकार अपदस्थका लागि रोमानिया क्रान्ति स्मरणीय छ।

लिंकन सुरुङ

सन् १९३७ को २२ डिसेम्बर अर्थात आजकै दिन लिंकन सुरुङ खुला गरिएको थियो। १ दशमलब ५ माइल ९२ दशमलब ४ किलोमिटर० लामो सो सुरुङ हड्सन नदीमुनि छ। सुरुङले न्यु जर्सी र न्युयोर्क सहर जोड्छ।

प्रथम विश्वयुद्धबारे अमेरिका र बेलायतका नेताबीच भेटवार्ता

सन् १९४१ मा अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रयांकलिन डी रुजेभेल्ट र बेलायतका प्रधानमन्त्री विनस्टन चर्चिलबीच वासिंगटन डीसीमा भेट भएको थियो। प्रथम विश्व युद्धबारे छलफल र रणनीति तय गर्न दुई नेताबीच छलफल भएको थियो।

कारजाईद्वारा अन्तरिम सरकारको जिम्मेवारी
सन् २००१ मा अफगानिस्तानका तत्कालीन राष्ट्रपति हमिद कारजाईद्वारा अन्तरिम सरकारको जिम्मेवारी ग्रहण गरेका थिए ।

खडेरी सामना गर्न भारतलाई अमेरिकी सहयोग
सन् १९६६–भारतलाई खडेरीको सामना गर्न अमेरिकाद्वारा ९ लाख टन खाद्यान्न सहयोग घोषणा।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ६ : ४२ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृह मन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन