भैरहवाका स्पा सेन्टरमा प्रहरीको अनुगमन, १५ जना नियन्त्रणमा « Khabarhub

भैरहवाका स्पा सेन्टरमा प्रहरीको अनुगमन, १५ जना नियन्त्रणमा


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा – जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ।

स्पा सेन्टरको नाममा अनौतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोडस्थित हनि स्पा एण्ड सैलुन र बैंक रोडस्थित युनिक स्पा एण्ड सैलुनमा अनुगमन गरेको हो।

अनुगमनको क्रममा प्रहरीले शंकास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ। स्पा सेन्टरमा मापदण्ड विपरितका काम भइरहेको गुनासाका आधारमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

अनुगमनको क्रममा युनिकबाट ३ महिला र ३ पुरुष गरी ६ जना र हनिबाट ४ पुरुष र ५ महिला गरी ९ जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरुलाई सम्झाइबुझाइ गरेर छोडिएको उनले अर्यालले बताए।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ६ : ४७ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न