अपाङ्गता संरक्षण नेपालद्वारा शङ्खरापुरलाई सहयोग « Khabarhub

अपाङ्गता संरक्षण नेपालद्वारा शङ्खरापुरलाई सहयोग


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अपाङ्गता संरक्षण नेपालले काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ । बुधबार संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले नगरपालिकाका नगर प्रमुख रमेश नापितलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखालाई उक्त सहयोग जुटाइदिएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिए । अपाङ्गता क्षेत्रमा महिला बालबालिका शाखालाई काम गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए । सो अवसरमा महिला शाखामा कार्यरत निर्जला चुडाल अधिकारीलाई सम्मानपत्र प्रदान गरिएको थियो । महिला बालबालिका शाखामा कार्यरत अधिकारी अपाङ्गता क्षेत्रमा समेत काम गर्दै आएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत सूर्यकुमारी न्यौपानेले अपाङ्गता भएका व्यक्ति नै आफ्नो हकहितका लागि सक्रिय हुनुपर्ने र प्रत्येक वडामा अपाङ्गतासम्बन्धी काम गर्ने समिति सक्रिय हुनुपर्नेमा जोड दिए । गत वर्षदेखि नै कार्यविधि बनाएर ‘असहायसँग उपमेयर’ कार्यक्रममार्फत १३ अपाङ्गता भएका व्यक्तिलाई रु पाँच लाख ७० हजार बराबरको सहयोग गरेको न्यौपानेले बताए। एउटा तथ्याङ्कअनुसार नगरपालिकाभित्र दुई सय ५४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी सुभद्रा पुडासैनी, राजकुमार खतिवडा, सुबोध थापा र संस्थाकी कोषाध्यक्ष दुर्गा तामाङ विष्ट, सदस्य कविता बस्नेत, केशव बुढाथोकी, शर्मिला क्षेत्री, बीना खतिवडालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : २६ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज