बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया « Khabarhub

बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गोरखा – बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।

बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए। उनीहरुको ताकुमाझ लाकुरीबोट स्वास्थ्यचौकीमा निःशुल्क शल्यक्रिया गरिएको हो।

शिविरबाट पालिकाभित्रका छ सयभन्दा बढी आँखाका बिरामीले निःशुल्क सेवा लिएका भट्टले बताए। “गाउँपालिकाभित्र रहेका आठ वडामध्ये वडा नम्बर १ र २ मा मोतियाबिन्दु पहिचान भएका ४३ जनाको शल्यक्रिया गर्न बाँकी छ”, भट्टले भने।

उनीहरुको यही पुस ११, १२ र १३ गते शल्यक्रिया गरिने भएको छ । शिविरमा आँखा परीक्षणका क्रममा समस्या देखिएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ९ : ४६ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका