अति दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै फेरि सत्तामा फर्किए नेतान्याहु « Khabarhub

अति दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै फेरि सत्तामा फर्किए नेतान्याहु


७ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलका नेता बेन्जामिन नेतान्याहुले देशको इतिहासमा नै अति दक्षिणपन्थी गठबन्धनको प्रमुखको रूपमा सत्तामा फर्केर नयाँ इजरायली सरकार गठन गरेको घोषणा गरेका छन्।

नोभेम्बर १ को चुनावमा विजयी भएपछि नेतान्याहुले अति–अर्थोडक्स यहूदी पार्टीहरू र चरम–दक्षिण गुटको समर्थनमा सरकार गठन गर्ने जनादेश प्राप्त गरेका थिए। इजरायलमा चार वर्षमा हालै पाँचौ पटक निर्वाचन भएको थियो।

अदालतमा भ्रष्टाचारको आरोप विरुद्ध लडिरहेका नेतान्याहुले इजरायली इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन्। उनी सन् १९९६ देखि सन् १९९८ र सन् २००८ देखि सन् २०२१ सम्म प्रधानमन्त्री बनेका थिए।

समयसीमा भन्दा केही मिनेटअघि उनले सरकार स्थापना गर्न सक्षम रहेको राष्ट्रपति आइज्याक हर्जोगलाई फोन मार्फत जानकारी गराएका थिए।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ९ : ५२ बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने