कर्णाली प्रदेशसभा सदस्यको शपथ ११ पुसमा « Khabarhub

कर्णाली प्रदेशसभा सदस्यको शपथ ११ पुसमा


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस ११ गते हुने भएको छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्।

प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले शाहलाई प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेशसभाका अन्य सदस्यलाई शपथ खुवाउने बताए।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको लागि तयारी पूरा गरिएको जानकारी दिए। कर्णाली प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत छ । प्रत्यक्षतर्फ ९ र ५ समानुपातिक गरी १४ सिटसहित पहिलो दलको हैसियतमा नेपाली कांग्रेस छ भने प्रत्यक्षतर्फ समान ९ सिट नै जितेर समानुपातिकतर्फ ४ गरी १३ सिट सहित नेकपा माओवादी केन्द्र दोस्रो दलको हैसियतमा छ ।

एमालेले प्रत्यक्ष र समानुपातिक गरी १० सिट प्राप्त गरेको छ । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन । सो पार्टीले समानुपातिक तर्फ भने एक सिट प्राप्त गर्न सफल भएको छ ।

समानुपातिक तर्फ रुकुम पश्चिमकी कल्याणी खड्का प्रदेसभा सदस्य बनेकी छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यो पटक पनि १ सिटमै उपस्थिति जनाएको छ । समानुपातिकतर्फ सुर्खेतकी सन्तोषी शाही ठकुरी राप्रपाबाट सांसद बनेकी छन् ।

प्रदेशसभाको अंकगणितको आधारमा कर्णालीमा सत्तारुढ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने निश्चित छ । तर गठबन्धनभित्र कांग्रेस र माओवादीमध्ये कसले पहिला नेतृत्व गर्ने भन्नेबारे रस्साकस्सी चलिरहेको छ ।

कांग्रेस–माओवादी दुवैलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्वको लागि वचन दिएका कारण नेताहरू केन्द्रको निर्णयको पर्खाइमा छन् । जसले गर्दा सरकार गठनबारे प्रदेशमा अन्योल देखिएको छ ।

तर, चुनावको समयमा हुम्ला पुगेर बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ‘कन्टिन्यू’ गर्ने प्रतिबद्धता उनले जनाएका थिए । त्यसैले दुवै दलका नेताहरू यतिबेला सरकार बनाउने कुरामा केन्द्रमा निर्भर छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १० : ५५ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री