कर्णाली प्रदेशसभा सदस्यको शपथ ११ पुसमा « Khabarhub

कर्णाली प्रदेशसभा सदस्यको शपथ ११ पुसमा


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस ११ गते हुने भएको छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्।

प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले शाहलाई प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेशसभाका अन्य सदस्यलाई शपथ खुवाउने बताए।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको लागि तयारी पूरा गरिएको जानकारी दिए। कर्णाली प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत छ । प्रत्यक्षतर्फ ९ र ५ समानुपातिक गरी १४ सिटसहित पहिलो दलको हैसियतमा नेपाली कांग्रेस छ भने प्रत्यक्षतर्फ समान ९ सिट नै जितेर समानुपातिकतर्फ ४ गरी १३ सिट सहित नेकपा माओवादी केन्द्र दोस्रो दलको हैसियतमा छ ।

एमालेले प्रत्यक्ष र समानुपातिक गरी १० सिट प्राप्त गरेको छ । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन । सो पार्टीले समानुपातिक तर्फ भने एक सिट प्राप्त गर्न सफल भएको छ ।

समानुपातिक तर्फ रुकुम पश्चिमकी कल्याणी खड्का प्रदेसभा सदस्य बनेकी छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यो पटक पनि १ सिटमै उपस्थिति जनाएको छ । समानुपातिकतर्फ सुर्खेतकी सन्तोषी शाही ठकुरी राप्रपाबाट सांसद बनेकी छन् ।

प्रदेशसभाको अंकगणितको आधारमा कर्णालीमा सत्तारुढ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने निश्चित छ । तर गठबन्धनभित्र कांग्रेस र माओवादीमध्ये कसले पहिला नेतृत्व गर्ने भन्नेबारे रस्साकस्सी चलिरहेको छ ।

कांग्रेस–माओवादी दुवैलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्वको लागि वचन दिएका कारण नेताहरू केन्द्रको निर्णयको पर्खाइमा छन् । जसले गर्दा सरकार गठनबारे प्रदेशमा अन्योल देखिएको छ ।

तर, चुनावको समयमा हुम्ला पुगेर बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ‘कन्टिन्यू’ गर्ने प्रतिबद्धता उनले जनाएका थिए । त्यसैले दुवै दलका नेताहरू यतिबेला सरकार बनाउने कुरामा केन्द्रमा निर्भर छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १० : ५५ बजे

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी