२६ सांसदले १४ मातृभाषामा शपथ लिँदै | Khabarhub Khabarhub

२६ सांसदले १४ मातृभाषामा शपथ लिँदै


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका २६ सांसदले विभिन्न १४ मातृ भाषामा शपथ लिने भएका छन्। उनीहरूले मंगलबार संसद् सचिवालयमा आफ्नो मातृभाषामा शपथ लिने भन्दै निवेदन दिएका थिए।

उनीहरूले भोजपुरी, हिन्दी, उर्दू, थारु, तामाङ, नेपाललगायत विभिन्न १४ मातृभाषामा शपथको लागि निवेदन दिएका हुन्। मातृभाषामा शपथको लागि निवेदन दिनेहरूमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतदेखि स्वतन्त्र सांसद लालवीर चौधरीसम्म छन्।

जनमत पार्टीका अध्यक्ष सिके राउत, विनिताकुमारी साह र अनिता देवीले मधेशी भाषामा शपथका लागि निवेदन दिएका छन् भने जनमतकै अर्की सांसद सोनु मुर्मुले सन्याली भाषामा शपथको लागि निवेदन दिएकी छन्। माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले मात्र हिन्दी भाषामा शपथ लिने भएका छन्।

यता, नागरिक उन्मुक्तिका रन्जिता श्रेष्ठ, अरुणकुमार चौधरी, गंगाराम डगौराले थारु भाषामा शपथ लिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी, माओवादी केन्द्रकी रुपा सो. सि. चौधरी र स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामै शपथ लिनेछन्। जनता समाजवादी पार्टीकी सांसद रन्जुकुमारी झा र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले मैथिली भाषामा सांसदको शपथ लिनेछन्।

जसपाकै प्रदीप यादव र रामसहायप्रसाद यादव र माओवादी केन्द्रकी उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन्। तामाङ भाषामा शपथको लागि निवेदन दिनेहरूमा माओवादी केन्द्रका हितबहादुर तामाङ, मीना तामाङ र सूर्यमान तामाङ दोङ रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले नेपाल भाषा, असिम साहले मुस्लिम/नेपाली भाषामा शपथ लिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकै लक्ष्मी तिवारीले अवधि भाषामा शपथका लागि निवेदन दिएकी छन्।

कांग्रेसकी कान्तिका सेजुवालले नेपाली खस भाषामा शपथ लिने भएकी छन्। एमालेका सराज अहमद फारुकीले उर्दू भाषामा शपथ लिने भएका छन्। सांसद दुर्गा राईले कोई/कोयू भाषामा शपथ लिँदैछन्। स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृतमा शपथ लिँदैछन्।

४ मंसिरमा सम्पन्न प्रतिनिधसभा निर्वाचनबाट विजयी भएका सांसदहरूलाई आज १ बजे बानेश्वरस्थित संसद भवनमा सपथ गराइदै छ। संसदमा रहका सबैभन्दा जेष्ठ सांसद पशुपति शमशेर जबराले सपथ गराउँदैछन्।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १२ : ४७ बजे

कांग्रेस बैठकमा गगनमाथि सिटौला खनिँदा खड्काले रोके, त्यसपछि बोली फिर्ता लिए

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री गगन थापा

एमालेले अपानि जारी गर्दै भन्योः संसद् विघटनले लोकतन्त्रविरोधी उत्साहित भए

काठमाडौं- नेकपा एमालेले विधान महाधिवेशन त्यसपछि भएका सचिवालय र केन्द्रीय

तोडफोड र आगजनीमा आफ्ना सदस्यको संलग्नता प्रमाणित भए एमालेले कारबाही गर्ने

काठमाडौं- नेकपा एमालेले गएको भदौ २३ र २४ गतेको जेनजी

एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर सार्वजनिक

काठमाडौँ- एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र