२६ सांसदले १४ मातृभाषामा शपथ लिँदै « Khabarhub

२६ सांसदले १४ मातृभाषामा शपथ लिँदै


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका २६ सांसदले विभिन्न १४ मातृ भाषामा शपथ लिने भएका छन्। उनीहरूले मंगलबार संसद् सचिवालयमा आफ्नो मातृभाषामा शपथ लिने भन्दै निवेदन दिएका थिए।

उनीहरूले भोजपुरी, हिन्दी, उर्दू, थारु, तामाङ, नेपाललगायत विभिन्न १४ मातृभाषामा शपथको लागि निवेदन दिएका हुन्। मातृभाषामा शपथको लागि निवेदन दिनेहरूमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतदेखि स्वतन्त्र सांसद लालवीर चौधरीसम्म छन्।

जनमत पार्टीका अध्यक्ष सिके राउत, विनिताकुमारी साह र अनिता देवीले मधेशी भाषामा शपथका लागि निवेदन दिएका छन् भने जनमतकै अर्की सांसद सोनु मुर्मुले सन्याली भाषामा शपथको लागि निवेदन दिएकी छन्। माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले मात्र हिन्दी भाषामा शपथ लिने भएका छन्।

यता, नागरिक उन्मुक्तिका रन्जिता श्रेष्ठ, अरुणकुमार चौधरी, गंगाराम डगौराले थारु भाषामा शपथ लिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी, माओवादी केन्द्रकी रुपा सो. सि. चौधरी र स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामै शपथ लिनेछन्। जनता समाजवादी पार्टीकी सांसद रन्जुकुमारी झा र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले मैथिली भाषामा सांसदको शपथ लिनेछन्।

जसपाकै प्रदीप यादव र रामसहायप्रसाद यादव र माओवादी केन्द्रकी उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन्। तामाङ भाषामा शपथको लागि निवेदन दिनेहरूमा माओवादी केन्द्रका हितबहादुर तामाङ, मीना तामाङ र सूर्यमान तामाङ दोङ रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले नेपाल भाषा, असिम साहले मुस्लिम/नेपाली भाषामा शपथ लिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकै लक्ष्मी तिवारीले अवधि भाषामा शपथका लागि निवेदन दिएकी छन्।

कांग्रेसकी कान्तिका सेजुवालले नेपाली खस भाषामा शपथ लिने भएकी छन्। एमालेका सराज अहमद फारुकीले उर्दू भाषामा शपथ लिने भएका छन्। सांसद दुर्गा राईले कोई/कोयू भाषामा शपथ लिँदैछन्। स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृतमा शपथ लिँदैछन्।

४ मंसिरमा सम्पन्न प्रतिनिधसभा निर्वाचनबाट विजयी भएका सांसदहरूलाई आज १ बजे बानेश्वरस्थित संसद भवनमा सपथ गराइदै छ। संसदमा रहका सबैभन्दा जेष्ठ सांसद पशुपति शमशेर जबराले सपथ गराउँदैछन्।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १२ : ४७ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय