एक करोडभन्दा बढीको सुन्तला बिक्री « Khabarhub

एक करोडभन्दा बढीको सुन्तला बिक्री


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको एउटै गाउँबाट रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं ४ सुन्तलाबारीबाट यसवर्षमात्रै एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले बताए ।

‘अहिले ठूला बगैँचाको सुन्तला ठेक्कामार्फत एक करोडको बिक्री भइसकेको छ’, उनले भने, ‘अब साना बगैँचाका करिब सात लाख बराबरका सुन्तला बिक्री हुन बाँकी छ ।’

यहाँ उत्पादन भएका सुन्तला पोखरा, बुटवल, मुग्लिनलगायतका ठाउँबाट ठेकेदार आइ बोट वा बगैँचा नै खरिद गर्छन् । तौल गरी बेच्दा प्रतिकेजी ६ देखि ७० मात्रै पर्ने भएकाले किसानले बोट नै ठेक्का दिने गरेका छन् ।

‘गतवर्ष कति मूल्य थियो र अहिले कस्तो फलेको छ भन्ने आधारमा  मूल्यांकन गर्छौ’, उनले भने, ‘अन्दाजी ४०/र५० हजार फाइदा हुने गरी ठेक्का दिइने भएकाले बजार खोज्नुपर्दैन, ढुवानी तथा टिप्नका लागि कामदार पनि चाहिन्न ।’

गाउँमा रहेका २२ घरले न्यूनतम एक लाख ५० हजारदेखि बढीमा १३ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गरेको उनको भनाइ छ । सुन्तला बिक्रीबाट पाँच लाखभन्दा बढी आम्दानी गर्ने घरधुरीको सङ्ख्या धेरै छ । 

गतवर्ष यस गाउँबाट रु ८७ लाख ७४ हजार बराबरको सुन्तला बिक्री भएको थियो । यसवर्ष सुन्तला गतवर्षको तुलनामा धेरै र बाक्लो फलेकाले आम्दानी पनि बढेको उनले बताए।

गत वर्ष एघार हजार सुन्तलाका बोट रहेपनि यस वर्ष तीन हजार तीन सय सुन्तलाका नयाँ बोट थपिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनले यस गाउँलाई पनि समेटेपछि बगैँचा विस्तार गरिएको हो ।

‘यहाँ उत्पादन भएको सुन्तला सबै बिक्री हुँदैनन्’उनले भने, ‘गाउँमा होमस्टे सञ्चालनमा रहेकाले यहाँ आउने पाहुना तथा आफन्तलाई कोसेलीस्वरुप सुन्तला दिने गरिएको छ ।’  यो गाउँको नाम पनि सुन्तालासँगै जाडिएको छ । अन्य समयको तुलनामा यस समयमा होमस्टेमा आउने पाहुनाको सङ्ख्यामा बढी हुनेगरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १ : ०६ बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको