राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवलमा « Khabarhub

राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवलमा


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल पुगेकी छिन् । रूपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकी हुन् । 

राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रूपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गरेकी । उनले आज बुटवल मण्डपमा आयोजित एक समारोहकाबीच औद्योगिक प्रदर्शनीको औपचारिक उद्घाटन गरिन् उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रपतिको स्वागतका लागि प्रदर्शनीस्थल बुटवल मण्डपमा विशेष तयारी गरिएको छ भने जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ । महोत्सव उद्घाटनपश्चात बुटवल नजिकैको सिद्धबाबा मन्दिरमा राष्ट्रपति भण्डारीले पूजाअर्चना गर्ने  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

मण्डपमा प्रदर्शनीका लागि आवश्यक भौतिक निर्माणको काम पूरा भएको सङ्घले जनाएको छ । मण्डपमा स्टल, सचिवालय, मञ्च, मनोरञ्जनस्थल तथा पेभेलियनहरूको निर्माण सकिएको छ भने प्रदर्शनीस्थल बुटवल मण्डपलाई सजाएर चिटिक्क पारिएको प्रदर्शनी प्रबन्धक यादवप्रसाद भण्डारीले जानकारी दिए।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका चार सय ५० स्टल छन् । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराससहित आयोजित प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, विभिन्न विषयमा अन्तरक्रिया गर्ने जनाइएको छ ।

यसपटकको प्रदर्शनीमा सात लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको अध्यक्ष पौडेलले बताए । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन सांस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १ : ५० बजे

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले