निर्वाचन प्रणालीमा आवश्यक सुधार गरिने | Khabarhub Khabarhub

निर्वाचन प्रणालीमा आवश्यक सुधार गरिने


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षण गर्ने संस्था  र अनुगमनकर्तालगायतबाट आउने सुझावसमेतका आधारमा आगामी दिनमा निर्वाचन प्रणालीमा आवश्यक नीतिगत र कानुनी सुधार गरिने बताएका छन् ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणबारे पूर्वन्यायाधीश फोरमको प्रतिवेदन आज बुझ्दै प्रमुख आयुक्त थपलियाले विद्यमान संरचना, कानुन र नीतिभित्र रहेर गर्न सकिने सुधार यहीभित्रबाट र गर्न नसकिने सुधार कानुन संशोधन गराएर गर्न आयोगले तयारी गरेको बताएका हुन् । उनले निर्वाचन कानुन, व्यवस्थापन र प्रक्रियाका सम्बन्धमा देखिएका सवाल तथा अन्योलबाट स्पष्ट हुँदै क्रमशः सुधारको बाटोमा जान पूर्वन्यायाधीश फोरमले दिएका सुझाव मनन् गरिने पनि उल्लेख गरे ।

प्रतिवेदन बुझाउँदै फोरमका अध्यक्ष टोपहादुर सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिँदै आगामी दिनका लागि सुधार्नुपर्ने पक्षमा सुझाव प्रस्तुत गरेका थिए । निर्वाचनमा फोरममा आबद्ध ३२ पूर्वन्यायाधीशले विभिन्न १५ जिल्लामा पर्यवेक्षण गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  २ : ५८ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ