शिक्षक हत्यामा संलग्न अभियुक्त सार्वजनिक « Khabarhub

शिक्षक हत्यामा संलग्न अभियुक्त सार्वजनिक


७ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । बिष्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र विमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । 

कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्रावासमा बस्दै आएकी थिइन् । प्रजा र विमला नातामा श्रीमान-श्रीमती हुन् । १ पुसमा  राति शिक्षक विष्टले विमला बोहरामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमानले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विमलालाई अभद्र व्यवहार गरेको झोंकमा उनका श्रीमान प्रजाले शिक्षक बिष्टलाई मुक्का हानेर सिँढीबाट ढलाएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पुस १ गते साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’

प्रजाले शिक्षक बिष्टलाई ढलाएपछि एकजनाले खुुट्टा र अर्काले टाउको तर्फ आक्रमण गर्दै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि शिक्षको शव दुवैजना मिलेर रम्बासको झ्याङमा फालेको प्रहरीको भनाइ छ । 

अभियुक्तमाथि थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । घटनामा अरु संलग्नताका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । शिक्षक बिष्टको शव  २ पुस दिउँसो १ बजे फेलापरेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । 

सो घटनाको अनुसन्धानका लागि सीआईबीको टोलीसमेत बैतडी आएको थियो । शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै ६ दिनसम्म लगातार आन्दोलनसमेत गरिएको थियो ।

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : २९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया