शिक्षक हत्यामा संलग्न अभियुक्त सार्वजनिक | Khabarhub Khabarhub

शिक्षक हत्यामा संलग्न अभियुक्त सार्वजनिक


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । बिष्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र विमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । 

कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्रावासमा बस्दै आएकी थिइन् । प्रजा र विमला नातामा श्रीमान-श्रीमती हुन् । १ पुसमा  राति शिक्षक विष्टले विमला बोहरामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमानले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विमलालाई अभद्र व्यवहार गरेको झोंकमा उनका श्रीमान प्रजाले शिक्षक बिष्टलाई मुक्का हानेर सिँढीबाट ढलाएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पुस १ गते साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’

प्रजाले शिक्षक बिष्टलाई ढलाएपछि एकजनाले खुुट्टा र अर्काले टाउको तर्फ आक्रमण गर्दै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि शिक्षको शव दुवैजना मिलेर रम्बासको झ्याङमा फालेको प्रहरीको भनाइ छ । 

अभियुक्तमाथि थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । घटनामा अरु संलग्नताका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । शिक्षक बिष्टको शव  २ पुस दिउँसो १ बजे फेलापरेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । 

सो घटनाको अनुसन्धानका लागि सीआईबीको टोलीसमेत बैतडी आएको थियो । शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै ६ दिनसम्म लगातार आन्दोलनसमेत गरिएको थियो ।

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ४ : २९ बजे

भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित

वालिङ- स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा