मानव बेचविखनमा संलग्न दुई चिनियाँलाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश « Khabarhub

मानव बेचविखनमा संलग्न दुई चिनियाँलाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश


७ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले मानव बेचविखनमा संलग्न दुई चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

आकर्षक तलब र रोजगारीको लोभ देखाएर विदेशमा बिक्री गरेको कसूरमा अदालतले चिनियाँ नागरिकहरु छोवाङ रुङ र चेन याङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

धेरै तलब प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत सम्पर्कमा आएका युवालाई विदेश पुर्‍याउने र गैरकानूनी गतिविधिमा लगाउने कार्यमा उनीहरुको संलग्नता खुलेको छ । उनीहरुले १० जना नेपालीलाई बिक्री गरेको र अरु धेरैलाई विदेश पुर्‍याएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

दुई जना चिनियाँबाहेक उक्त कार्यमा संलग्न केही नेपालीलाई पनि अनुसन्धानको दायरमा ल्याइएको प्रहरीले जनाएको छ । उनीहरूले नेपाली एजेन्टको प्रयोग गरी नेपालीलाई भारत हुँदै थाइल्याण्ड पुर्‍याउने गरेको र त्यहाँबाट गाडीमा लाओस पठाइ बेचेको प्रहरीले जनाएको छ ।

लाओसमा सेल्स मार्केटिङको काममा एक हजारदेखि १५ सय डलरसम्म मासिक पारिश्रमिक पाउने लोभ देखाएर उनीहरुले मानिसहरुलाई लाओस पठाउने गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ५ : ०३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव