मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै « Khabarhub

मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ठूला र प्रतिष्ठित खेलहरू यो रङ्गशालामा हुन नसक्दा जीर्ण भएको हो ।

जीर्ण रङ्गशालाको स्तरोन्नति गर्ने उद्देश्यले भद्रपुर नगरपालिका, विभिन्न व्यवसायीहरू, उद्योगीहरूको संयुक्त पहलमा फागुन अन्तिम सातादेखि ‘भद्रपुर झापा गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । गोल्डकप समितिका अध्यक्ष दीपेश ढकालले अखिल नेपाल फुटबल सङ्घसँगको छलफलपछि खेलको मिति तय हुने पत्रकार सम्मेलनमा जानकारी दिए । जिल्लाको सबैभन्दा पुरानो र व्यवस्थित मेची रङ्गशाला देशका चर्चित र सफल खेलाडीहरूको प्रारम्भिक खेल मैदान हो ।

अठार वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’ पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरू आयोजना हुन नसक्दा मेची रङ्गशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थिति गर्न नसकिएको उनको भनाइ छ ।

उनका अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु सात लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका लागि मेची रङ्गशालाको स्तरोन्नति सुरु भइसकेको उनले जानकारी दिए । हाल रङ्गशालामा झार रोप्ने र माटोको स्तर मिलाउने काम भइरहेको छ । ‘यो प्रतियोगिता झापाको प्रतिष्ठित ‘झापा गोल्डकप’ कै निरन्तरताको एउटा कडी भएको पनि जानकारी गराउन चाहन्छौँ’, अध्यक्ष ढकालले भने । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजना हुँदै आएको ‘झापा गोल्डकप’लाई यस वर्ष रोकेर मेची रङ्गशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरूसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख बजेट छुट्याएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए ।

कूल एक करोड ५० लाख खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी रकम व्यापारिक प्रतिष्ठानबाट स्पोन्सरका रूपमा संकलन गरिने उनले बताए। प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वाड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ खेलाडीलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका सबै खेलमा भद्रपुर नगरभित्रका सरकारी विद्यालयका विद्यार्थी, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई प्रवेश निःशुल्क गरिएको अध्यक्ष ढकालले पत्रकार सम्मेलनमा बताए । 

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ७ : ३१ बजे

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

जनकपुर– मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले

म्यान्मा घोटाला प्रकरणमा चीनमा ११ जनालाई मृत्युदण्ड

एजेन्सी– चीनले बिहीबार दूरसञ्चार ठगी घोटालामा संलग्न ‘प्रमुख सदस्यहरू’ सहित

सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो आस्था र अस्तित्वसँग

आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

एजेन्सी– भारतीय राज्य आन्ध्र प्रदेशमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध