भारतीय वायुसेनाले लडाकु विमानमा नयाँ क्षेप्यास्त्र जडान गर्ने « Khabarhub

भारतीय वायुसेनाले लडाकु विमानमा नयाँ क्षेप्यास्त्र जडान गर्ने


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय वायुसेनाले सुखोई सु ३० लडाकु विमानमा नयाँ क्षेप्यास्त्र जडान गर्ने भएको छ । वायुसेनाले उक्त लडाकु विमानमा आकाशबाट जमिनमा २५० किलोमिटर टाढासम्म मार हान्न सक्ने नयाँ क्षेप्यास्त्र जडान गर्ने भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतीय वायुसेनाले आपतकालिन प्रबन्धअन्तर्गत ती क्षेप्यास्त्र प्राप्त गरेको हो । ती क्षेप्यास्त्र आगामी २० वर्षसम्म प्रयोगमा आउने एएनआईले जनाएको छ ।

सन् २०१९ मा पाकिस्तानको बालाकोटमा भारतीय सेनाले सञ्चालन गरेको कारवाहीजस्तै यस क्षेप्यास्त्रबाट दुश्मनको सैनिक शिविर र आतंककारी संरचनामा हमला गर्न सहयोग पुग्ने जनाइएको छ ।

यसबाहेक भारतीय वायुसेनाले सुखोई सु ३० को स्तरोन्नतीको पनि तयारी गरिरहेको एएनआईले उल्लेख गरेको छ । हाल भारतीय वायुसेनामा २६० सुखोई सु ३० सेवारत छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : १८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल