मुगुका कृषकलाई स्याउ काँटछाँटको चटारो « Khabarhub

मुगुका कृषकलाई स्याउ काँटछाँटको चटारो


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

मुगु – हिमाली जिल्ला मुगुमा आजभोली स्याउ कृषकलाई विरुवा काँटछाँट गर्न चटारो छ कार्य सुरु भएको छ । हिउँदको समयमा स्याउका विरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदको समयमा स्याउका बोट काँटछाँट गर्ने गरेका छन् ।

हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनु अगावै स्याउका बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्यक देखिएका हाँगा काट्नु पर्ने भएकाले स्याउ किसान बिरुवाको काँटछाँटमा लागेका हुन् ।

स्याउका विरुवा काँटछाँट नगरेमा बोट पनि अस्वभाविक हुने, बढि फलेर साना दाना लाग्ने, लाई किरा, धमिरा जस्ता किरा लाग्ने तथा अन्य रोगको प्रकोपसमेत फैलन सक्ने भएकाले कृषकले स्याउका बगैचामा रहेको बोटबिरुवाको अनिवार्य काँटछाँट गर्नु पर्ने कृषि विज्ञ जोड रहेको छ ।

विगतकका वर्षमा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा कृषकको स्याउको विरुवा काँटछाँट गर्न प्राविधिक खटाइने गरेको भए पनि यो वर्ष प्राविधिक खटाएइएको छैन किसानले आफैँ प्राविधिक खोजी स्याउ बिरुवाका काँटछाट गर्ने गरेका कृषि विकास कार्यलय मुगुले जनाएको छ ।

विगतमा स्याउ काँटछाटलगायत अन्य काम गर्न बजेट आउने र काम गर्न पनि सजिलो हुन्थ्यो । संघीय संरचनासँगै काम गर्ने शैली फेरीएको छ । किसानको हितमा काम गर्ने कृषि कार्यलयमा सडक को काम गर्नु पर्ने बाध्यता रहेको र कृषि विकास कार्यलयबाट किसानले पाउने बिउँ बिजन, औषधि पनी संघीय संरचनापछि पाउन छाडेको कृषि विकास कार्यलय मुगुका सुचना अधिकारी टेक बहादुर खत्रिले बताए । उनका अनुसार गत आर्थिक वर्ष मुगुमा गत वर्ष १ हजार २ सय ४३ हेक्टर क्षेत्रफलमा ९ हजार ३ सय ८५ मेट्रिक टन स्याउ उत्पादन भएको सुचना अधिकारी खत्रिको भनाई छ ।

समयमा नै हिमपात भए स्याउको उत्पादनमा वृद्धि हुन्छ । विगतका वर्षमा असिना पानीले स्याउ उत्वादनमा ह्रास आएको थियो भने उत्पादनमा पनि कमि रहेको थियो ।
मुगुमा यो वर्ष समयमै हिमपात भएपछि स्याउ उत्पादनमा केही फड्को मार्ने छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का सफल युवा कृषक मणिचन्द्र भामले बताए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : ३१ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका