पाकिस्तानमा गुरुद्वारा बन्द गरिएपछि शिख धर्मावलम्बी चिन्तित « Khabarhub

पाकिस्तानमा गुरुद्वारा बन्द गरिएपछि शिख धर्मावलम्बी चिन्तित


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– अल्पसङ्ख्यकमाथि असहिष्णुता देखाउने गरेको आरोप खेपिरहेका बेला पाकिस्तानमा शिख धर्ममा पवित्रस्थल मानिने एउटा गुरुद्वारा बन्द गरिएको छ । पाकिस्तानको लाहोर सहरमा रहेको शहिद भाइ तरु सिंह गुरुद्वारा बन्द गरिएको हो ।

विभाजनको समयमा पाकिस्तान छाडेर भारत गएका मानिसहरुको सम्पत्ति जफत गर्ने निकायले उक्त गुरुद्वारा स्थायी रुपमा बन्द गरिएको डेली शिख नामक अनलाइनले जनाएको छ ।

लाहोर सहरमा रहेका शिख धर्मावलम्बीलाई गुरुद्वारा बन्द गरिनुको कारणबारे केही जानकारी दिइएको छैन । गुरुद्वारा बन्द गर्ने कदमबाट त्यहाँका शिख धर्मावलम्बीहरु चिन्तित बनेको बताइएको छ ।

शिख धर्मावलम्बीका प्रतिनिधिले जिल्ला प्रशासन र सम्पत्ति जफत गर्ने निकायका अध्यक्ष हबिबुर रहमान गिलानीलाई गुरुद्वारा पुनः खोल्न आग्रह गरेको भएपनि यसबारे कुनै जवाफ प्राप्त नगरेको डेली शिखले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : ३६ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व