पाकिस्तानमा गुरुद्वारा बन्द गरिएपछि शिख धर्मावलम्बी चिन्तित | Khabarhub Khabarhub

पाकिस्तानमा गुरुद्वारा बन्द गरिएपछि शिख धर्मावलम्बी चिन्तित


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– अल्पसङ्ख्यकमाथि असहिष्णुता देखाउने गरेको आरोप खेपिरहेका बेला पाकिस्तानमा शिख धर्ममा पवित्रस्थल मानिने एउटा गुरुद्वारा बन्द गरिएको छ । पाकिस्तानको लाहोर सहरमा रहेको शहिद भाइ तरु सिंह गुरुद्वारा बन्द गरिएको हो ।

विभाजनको समयमा पाकिस्तान छाडेर भारत गएका मानिसहरुको सम्पत्ति जफत गर्ने निकायले उक्त गुरुद्वारा स्थायी रुपमा बन्द गरिएको डेली शिख नामक अनलाइनले जनाएको छ ।

लाहोर सहरमा रहेका शिख धर्मावलम्बीलाई गुरुद्वारा बन्द गरिनुको कारणबारे केही जानकारी दिइएको छैन । गुरुद्वारा बन्द गर्ने कदमबाट त्यहाँका शिख धर्मावलम्बीहरु चिन्तित बनेको बताइएको छ ।

शिख धर्मावलम्बीका प्रतिनिधिले जिल्ला प्रशासन र सम्पत्ति जफत गर्ने निकायका अध्यक्ष हबिबुर रहमान गिलानीलाई गुरुद्वारा पुनः खोल्न आग्रह गरेको भएपनि यसबारे कुनै जवाफ प्राप्त नगरेको डेली शिखले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : ३६ बजे

पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।