रुसले सैन्य क्षमता थप विकास गर्छ : पुटिन « Khabarhub

रुसले सैन्य क्षमता थप विकास गर्छ : पुटिन


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले सैन्य क्षमता थप विकास गर्ने बताएका छन् । युक्रेनमा लडाइँ जारी रहेका बेला पुटिनले आफ्नो सैनिक तयारीलाई थप बढावा दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

‘हाम्रा सेनाको लडाइँ क्षमताहरू निरन्तर बढ्दै गएको छ । यो प्रक्रिया थप तीव्र गतिमा बढ्दै जाने छ, त्यो वातावरण हामी निर्माण गर्नेछौं’ पुटिनले आफ्नो देशका उच्चपदाधिकारीहरूसँग गरेको बैठकमा भनेका छन् ।

‘आज, हाम्रो लक्ष्य सशस्त्र सेनाको गुणात्मक नवीकरण र सुधार प्राप्त गर्न आवश्यक उपायहरूको सम्पूर्ण दायरा कार्यान्वयन गर्नु हो’ पुटिनले रुसी रक्षा मन्त्रालयको विस्तारित बोर्ड बैठकमा भने ।

उनले सेनालाई आणविक लडाइँका लागि तम्तयार अवस्थामा राख्न र थप सुधार गर्न आग्रह गरेका छन् । मुलुकको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, रणनीतिक समानता र विश्वमा सेनाको सामान्य सन्तुलन सुरक्षाको ग्यारेन्टी गर्नका निम्ति यो कदम आवश्यक रहेको पुटिनको धारणा छ ।

उनले नयाँ जिरकोन हाइपरसोनिक क्रुज मिसाइलको विकासमा जोड दिँदै रूसी सेना जनवरीसम्म यसको प्रयोग गर्न सक्षम हुने बताए ।
राष्ट्रपति पुटिनले जनवरीको सुरुमा एडमिरल गोर्शकोभ नामक नौसैनिक युद्धपोत (फ्रिगेट) लाई नयाँ जिरकोन हाइपरसोनिक मिसाइलले सुसज्जित गरिने र त्यसबराबरको शक्तिशाली अर्को हतियार संसारमा नभएको दाबी गरेका छन् ।

उनले रुसको रणनीतिक आणविक शक्तिमा आधुनिक हतियारको स्तर ९१ प्रतिशत नाघेको र रणनीतिक शक्तिलाई अत्याधुनिक हतियार प्रणालीले सुसज्जित बनाउने थप प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

राष्ट्रपति पुटिनले आधुनिक वायु सुरक्षाले ढाकिएको क्षेत्रमा सञ्चालित लडाकु र बमवर्षकहरूको सङ्ख्या बढाउने पनि उल्लेख गरेका छन् ।

बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै रक्षामन्त्री सर्गेई शोइगुले रुसी सेनामा सैनिकको सङ्ख्या ६ लाख ९५ हजार बढाएर १५ लाख पु¥याउने प्रस्तावसमेत गरेका छन् ।

उनले युक्रेनमा रहेका रुसी सैनिकहरूले त्यहाँ ‘पश्चिमका संयुक्त सेना’ सँग लडिरहेको पनि टिप्पणी गरे ।

मन्त्री शोइगुले रुसले जारी आक्रमणको क्रममा एजोभ सागरमा रुसी सैनिकको कब्जामा रहेका दुई युक्रेनी बन्दरगाह शहरहरू प्रयोग गर्ने योजना बनाएको पनि बताएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : ४७ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि