रुसले सैन्य क्षमता थप विकास गर्छ : पुटिन « Khabarhub

रुसले सैन्य क्षमता थप विकास गर्छ : पुटिन


७ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले सैन्य क्षमता थप विकास गर्ने बताएका छन् । युक्रेनमा लडाइँ जारी रहेका बेला पुटिनले आफ्नो सैनिक तयारीलाई थप बढावा दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

‘हाम्रा सेनाको लडाइँ क्षमताहरू निरन्तर बढ्दै गएको छ । यो प्रक्रिया थप तीव्र गतिमा बढ्दै जाने छ, त्यो वातावरण हामी निर्माण गर्नेछौं’ पुटिनले आफ्नो देशका उच्चपदाधिकारीहरूसँग गरेको बैठकमा भनेका छन् ।

‘आज, हाम्रो लक्ष्य सशस्त्र सेनाको गुणात्मक नवीकरण र सुधार प्राप्त गर्न आवश्यक उपायहरूको सम्पूर्ण दायरा कार्यान्वयन गर्नु हो’ पुटिनले रुसी रक्षा मन्त्रालयको विस्तारित बोर्ड बैठकमा भने ।

उनले सेनालाई आणविक लडाइँका लागि तम्तयार अवस्थामा राख्न र थप सुधार गर्न आग्रह गरेका छन् । मुलुकको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, रणनीतिक समानता र विश्वमा सेनाको सामान्य सन्तुलन सुरक्षाको ग्यारेन्टी गर्नका निम्ति यो कदम आवश्यक रहेको पुटिनको धारणा छ ।

उनले नयाँ जिरकोन हाइपरसोनिक क्रुज मिसाइलको विकासमा जोड दिँदै रूसी सेना जनवरीसम्म यसको प्रयोग गर्न सक्षम हुने बताए ।
राष्ट्रपति पुटिनले जनवरीको सुरुमा एडमिरल गोर्शकोभ नामक नौसैनिक युद्धपोत (फ्रिगेट) लाई नयाँ जिरकोन हाइपरसोनिक मिसाइलले सुसज्जित गरिने र त्यसबराबरको शक्तिशाली अर्को हतियार संसारमा नभएको दाबी गरेका छन् ।

उनले रुसको रणनीतिक आणविक शक्तिमा आधुनिक हतियारको स्तर ९१ प्रतिशत नाघेको र रणनीतिक शक्तिलाई अत्याधुनिक हतियार प्रणालीले सुसज्जित बनाउने थप प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

राष्ट्रपति पुटिनले आधुनिक वायु सुरक्षाले ढाकिएको क्षेत्रमा सञ्चालित लडाकु र बमवर्षकहरूको सङ्ख्या बढाउने पनि उल्लेख गरेका छन् ।

बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै रक्षामन्त्री सर्गेई शोइगुले रुसी सेनामा सैनिकको सङ्ख्या ६ लाख ९५ हजार बढाएर १५ लाख पु¥याउने प्रस्तावसमेत गरेका छन् ।

उनले युक्रेनमा रहेका रुसी सैनिकहरूले त्यहाँ ‘पश्चिमका संयुक्त सेना’ सँग लडिरहेको पनि टिप्पणी गरे ।

मन्त्री शोइगुले रुसले जारी आक्रमणको क्रममा एजोभ सागरमा रुसी सैनिकको कब्जामा रहेका दुई युक्रेनी बन्दरगाह शहरहरू प्रयोग गर्ने योजना बनाएको पनि बताएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ८ : ४७ बजे

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र