अफगानिस्तानका ७९ प्रतिशत घरमा पानीको गम्भीर अभाव : युनिसेफ « Khabarhub

अफगानिस्तानका ७९ प्रतिशत घरमा पानीको गम्भीर अभाव : युनिसेफ


७ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका ७९ प्रतिशत घरमा पानीको गम्भीर अभाव रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफको प्रतिवेदन उद्धृत गर्दै अफगानिस्तानको खामा प्रेसले ७९ प्रतिशत घरमा पानीको गम्भीर समस्या रहेको जनाएको छ ।

अभावका कारण मानिसहरुलाई स्वच्छ एवम् शुद्ध पिउने पानी उपभोग गर्न चुनौति रहेको जनाइएको छ । पछिल्ला केही वर्षमा खडेरी र अन्य समस्याका कारण अफगानिस्तानमा पानीको अभाव देखिएको हो ।

पानीको समस्या निकै गम्भीर रहेको भन्दै अफगानिस्तानका लागि युनिसेफका प्रवक्ता सलाम अल जानबीले मुलुकमा ९० लाख मानिसहरुलाई पानीको व्यवस्था गर्न आफ्नो संस्थाले काम गरिरहेको जनाएका छन् ।

राजधानी काबुलमा पनि पानीको समस्या देखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । काबुलका स्थानीयहरुले सो क्षेत्रको इनार सुकेको र पानीको स्तर घटेको बताएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ९ : १५ बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज