फाइल तस्वीर

अन्तर्राष्ट्रिय

अफगानिस्तानका ७९ प्रतिशत घरमा पानीको गम्भीर अभाव : युनिसेफ

By खबरहब

December 22, 2022

काठमाडौँ- अफगानिस्तानका ७९ प्रतिशत घरमा पानीको गम्भीर अभाव रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफको प्रतिवेदन उद्धृत गर्दै अफगानिस्तानको खामा प्रेसले ७९ प्रतिशत घरमा पानीको गम्भीर समस्या रहेको जनाएको छ ।

अभावका कारण मानिसहरुलाई स्वच्छ एवम् शुद्ध पिउने पानी उपभोग गर्न चुनौति रहेको जनाइएको छ । पछिल्ला केही वर्षमा खडेरी र अन्य समस्याका कारण अफगानिस्तानमा पानीको अभाव देखिएको हो ।

पानीको समस्या निकै गम्भीर रहेको भन्दै अफगानिस्तानका लागि युनिसेफका प्रवक्ता सलाम अल जानबीले मुलुकमा ९० लाख मानिसहरुलाई पानीको व्यवस्था गर्न आफ्नो संस्थाले काम गरिरहेको जनाएका छन् ।

राजधानी काबुलमा पनि पानीको समस्या देखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । काबुलका स्थानीयहरुले सो क्षेत्रको इनार सुकेको र पानीको स्तर घटेको बताएका छन् ।