व्यावसायिक अदुवा खेतीमा महिलाहरू | Khabarhub Khabarhub

व्यावसायिक अदुवा खेतीमा महिलाहरू


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

चौतारा – गरे के हुँदैन । यसको गतिलो उदाहरण बनेका छन्, इन्द्रावती गाउँपालिकाको गोसाइँकुण्ड सामुदायिक महिला केन्द्रका सदस्यहरू । उनीहरूले गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा व्यावसायिकरूपमा अदुवा खेती गर्न थालेपछि आम्दानी बढ्न थालेको छ ।

इन्द्रावती गाउँपालिकाको नवलपुर, पाडामरूवा, नयाँबस्ती, कुञ्चोक, बाँडेगाउँ र भोटसिपाका किसानले अदुवा खेतीलाई नगदेबालीका रूपमा विकास गर्दै लगेका छन् । अदुवाबाट हुने आम्दानीले आफ्नो आर्थिकस्तरमा समेत परिवर्तन आएको समूहकी अध्यक्ष जेठीमाया तामाङले बताइन् ।

गाउँपालिकाको सहयोगमा एक हजार पाँच सय किलो अदुवा लगाएकी चित्रकुमारी खोखाली बजारमा अदुवाको राम्रो माग आएपछि खुसी छन् । अघिल्लो वर्ष बजार भाउ राम्रो पाएपछि यो वर्ष समूह नै बनाएर व्यावसायिकरूपमा अदुवा खेती गर्न थालेको उनले बताए।

कोदो, मकैभन्दा दोब्बर फाइदा हुने खोखालीले बताए । उनका अनुसार उत्पादनभन्दा बजारमा अदुवाको माग बढी रहेको छ । अहिले २९ किसानले व्यावसायिकरूपमा अदुवा खेती गरिरहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १० : ४५ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको