काठमाडौँका १४ हजार विद्यार्थीले सिके बाटो काट्दा ध्यान दिनुपर्ने नियम « Khabarhub

काठमाडौँका १४ हजार विद्यार्थीले सिके बाटो काट्दा ध्यान दिनुपर्ने नियम


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको ट्राफिक सचेतना कक्षमा १४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहाँका ७१ वटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको थियो ।

काठमाडौँ महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई ट्राफिक नियमसम्बन्धी सचेतना दिने उद्देश्यले कक्षा सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

सचेतना कक्षामा पैदलयात्रा गर्दा अपनाउनुपर्ने सावधानी, बाटो काट्दा ध्यान पु¥याउनुपर्ने एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा सिकाइएको थियो ।

कूल ८९ सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने उद्देश्यले गत मङ्सिर १५ गतेदेखि सुरु गरिएको यस अभियानमा ७१ वटा विद्यालयमा कक्षा सञ्चालन गरिएको र बाँकी रहेका विद्यालयमा पनि निकट भविष्यमै कक्षा सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

विद्यार्थीहरूले सिकेका सडक सुरक्षासम्बन्धी ज्ञान उनीहरूका साथीभाइ र अभिभावकसम्म फैलिने तथा विद्यार्थीहरू भावी सवारी चालकसमेत भएकाले सानो उमेरमा सिकेका कुराले दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

विद्यार्थीले लापरबाहीपूर्ण तरिकाले सवारी साधन चलाउँदा पनि कतिपय दुर्घटनामा पर्ने गरेको यसअघिका तथ्य देखाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १० : ५० बजे

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल