पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदैछ : मुख्यमन्त्री पोखरेल « Khabarhub

पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदैछ : मुख्यमन्त्री पोखरेल


७ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदै गएको बताएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित १५औँ संस्करणको हिसान स्पोर्ट्स मिटको आज पोखरामा उद्घाटन गर्दै उनले पोखरामा हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता एवं खेल गतिविधिले यसलाई खेलकुदको संस्कृतियुक्त सहरका रूपमा स्थापित गर्न सहयोग गरेको बताएका हुन् ।

पोखरालाई खेलकुद राजधानीको सहरका रूपमा घोषणा गर्न प्रदेश सरकारले पटक–पटक आफ्ना कुरा सङ्घीय सरकारलाई अघि बढाएको उनले बताए। हिसानले शिक्षा क्षेत्रसँगै खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव रमेश सिलवालले खेलकुदमा कहिल्यै पनि राजनीतिमा जस्तो हार वा जित नहुने बताए । खेलकुदले एकताको विकास गर्न अहम् भूमिका खेल्ने उल्लेख गर्दै उहाँनले हिसानले आगामी दिनमा राष्ट्रियस्तरको फुटसल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्का, हिसान स्पोर्ट्स मिटका संयोजक डा रामजी शर्मालगायतले शिक्षासँगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्ट्स मिटलाई निरन्तरता दिँदै आएको बताए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १० : ५४ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा