गृहमन्त्री खाँणद्वारा मुख्यमन्त्री र प्रजिअलाई टेलिफोन « Khabarhub

गृहमन्त्री खाँणद्वारा मुख्यमन्त्री र प्रजिअलाई टेलिफोन


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ संक्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिएका छन् ।

उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमानाका जोडिएका र नजिकका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग त्यहाँको अवस्थाबारे टेलिफोनमार्फत जानकारी लिएका गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।

उनले कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसँग शीतलहर तथा कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भइरहेका प्रयासबारे पनि जानकारी लिएका हुन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाँणले सीमा क्षेत्रमा एन्टिजेन परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र शीतलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास तथा योजनाबारे जानकारी लिएको बताए ।

उनका अनुसार गृहमन्त्री खाँणले सीमानाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा शीतलहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न निर्देशन दिए ।

गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेशनमा बस्न चाहनेलाई घरसम्म पुर्याउने व्यवस्थाबारे पनि चासो राखेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेशनमा बस्न चाहनेलाई घरसम्म पु¥याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाँणलाई जानकारी गराइएको बताए ।

“घरमै आइसोलेशनमा बस्न चाहने संक्रमितलाई घरसम्म पुर्याउन गरिएको व्यवस्था बारे जानकारी लिँदै संक्रमितलाई सहजरूपले घरसम्म पुर्याउने व्यवस्था गर्न, होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याउन एन्टिजेन परीक्षण बढाउन र पोजेटिभ देखिएका तर, भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन दिनुभयो”, प्रजिअ दाहालले भने ।

गृहमन्त्री खाँणले झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था र एन्टिजेन परीक्षणबारे टेलिफोनमार्फत् जानकारी लिएका प्रेस संयोजक भट्टराईले बताए ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १ : ३४ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि