विश्व इतिहासमा आज : रुसमा फेब्रुवरी क्रान्तिदेखि गुटेनबर्गको बाइबल प्रकाशन « Khabarhub

विश्व इतिहासमा आज : रुसमा फेब्रुवरी क्रान्तिदेखि गुटेनबर्गको बाइबल प्रकाशन


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २३ फेब्रुवरी सन् २०२२ । आज विश्व इतिहासमा केही सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम

प्लुटोनियमको पहिचान
सन् १९४१ मा ग्लेन टी सिवर्ग र उनको समूहले प्लुटोनियोम पहिचान गरेको थियो । रेडियोधर्मी यस तत्वले परमाणु इन्धन वा आणविक हतियारको रूपमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

रुसमा फेब्रुवरी क्रान्ति
सन् १९१७ मा रुसमा फेब्रुवरी क्रान्ति सुरु भएको थियो । देशव्यापाी प्रदर्शन र सशस्त्र झडपहरूले अन्ततः रुसी साम्राज्यको अन्त्य भएको थियो ।

गुटेनवर्गको बाइबल
सन् १९४५ मा गुटेनवर्गको बाइबल प्रकाशित भएको थियो । गुटेनबर्गको बाइबल संस्करण मुभेबल टाइपमा छापिएको पहिलो पुस्तक थियो । योसँगै पश्चिमा देशमा छपाइ पुस्तकको युग सुरु भएको थियो ।

पोलियोविरुद्ध खोप
सन् १९५४ मा पोलियोविरुद्ध पहिलो पटक आमरुपमा खोप लगाइएको थियो । भाइरोलोजिस्ट जोनास साल्कले विकसित गरेको सो खोप हिलारी कोप्रोस्कीको पोलियो खोपसँगै अहिले पनि प्रयोग हुने दुई भर्सनमध्ये मध्ये एक हो ।

आइएसओको सुरुवात
सन् १९४७ मा इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन (आइएसओ) ले काम सुरु गरेको थियो । आइएसओले साइकलको टायर देखि मिति ढाँचा सम्म सबै मापदण्डहरू जारी गर्दछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : १७ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी