विश्व इतिहासमा आज : रुसमा फेब्रुवरी क्रान्तिदेखि गुटेनबर्गको बाइबल प्रकाशन « Khabarhub

विश्व इतिहासमा आज : रुसमा फेब्रुवरी क्रान्तिदेखि गुटेनबर्गको बाइबल प्रकाशन


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २३ फेब्रुवरी सन् २०२२ । आज विश्व इतिहासमा केही सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम

प्लुटोनियमको पहिचान
सन् १९४१ मा ग्लेन टी सिवर्ग र उनको समूहले प्लुटोनियोम पहिचान गरेको थियो । रेडियोधर्मी यस तत्वले परमाणु इन्धन वा आणविक हतियारको रूपमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

रुसमा फेब्रुवरी क्रान्ति
सन् १९१७ मा रुसमा फेब्रुवरी क्रान्ति सुरु भएको थियो । देशव्यापाी प्रदर्शन र सशस्त्र झडपहरूले अन्ततः रुसी साम्राज्यको अन्त्य भएको थियो ।

गुटेनवर्गको बाइबल
सन् १९४५ मा गुटेनवर्गको बाइबल प्रकाशित भएको थियो । गुटेनबर्गको बाइबल संस्करण मुभेबल टाइपमा छापिएको पहिलो पुस्तक थियो । योसँगै पश्चिमा देशमा छपाइ पुस्तकको युग सुरु भएको थियो ।

पोलियोविरुद्ध खोप
सन् १९५४ मा पोलियोविरुद्ध पहिलो पटक आमरुपमा खोप लगाइएको थियो । भाइरोलोजिस्ट जोनास साल्कले विकसित गरेको सो खोप हिलारी कोप्रोस्कीको पोलियो खोपसँगै अहिले पनि प्रयोग हुने दुई भर्सनमध्ये मध्ये एक हो ।

आइएसओको सुरुवात
सन् १९४७ मा इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन (आइएसओ) ले काम सुरु गरेको थियो । आइएसओले साइकलको टायर देखि मिति ढाँचा सम्म सबै मापदण्डहरू जारी गर्दछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : १७ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा