युक्रेन संकट : रुसमाथि पश्चिमा देशको प्रतिबन्ध « Khabarhub

युक्रेन संकट : रुसमाथि पश्चिमा देशको प्रतिबन्ध


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा रुसले फौज पठाउन आदेश दिएपछि पश्चिमा देशहरूले मस्कोविरुद्ध प्रतिबन्धहरू लगाउने क्रम बढ्दो छ ।

बेलायतले रुसका पाँचवटा बैंक र तीन धनाढ्यमाथि प्रतिबन्ध लगाएको छ भने जर्मनीले रुससँगको एउटा प्रमुख ग्यास पाइपलाइन परियोजना नोर्ड स्ट्रीम टूलाई यथास्थितिमा राख्ने जनाएको छ ।

क्यानडा र युरोपेली युनियनअन्तर्गतका अन्य देशहरुले पनि रुसी कदमको विरोध गर्दै प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाएका छन्।

पूर्वी युक्रेनमा पृथकताबादी समूहले नियन्त्रणमा लिएका दुई ओटा क्षेत्रलाई राष्ट्रपति पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएलगत्तै मंगलबार रुसी सेना पठाउन आदेश दिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : ४७ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै