बैंकिङ कसुरमा दोषी ठहर एक पक्राउ « Khabarhub

बैंकिङ कसुरमा दोषी ठहर एक पक्राउ


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको छ ।

उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र ७ दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौँडा घर भई काठमाडौँको क्षेत्रपाटी बस्ने ३८ वर्षका रगुन खड्केलाई पक्राउ गरिएको हो ।

उनले पीडितलाई न्युरोडको महालक्ष्मी विकास बैंकको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए । उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएकामा चेकमार्फत भुक्तानी हुन नसकेको ठहर गर्दै अदालतले गत वर्ष उक्त जरिवाना र कैद सुनाएको थियो ।

त्यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास गर्न परिचालित टोलीले आज काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको हो । उनलाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : ०२ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको