तालिबान महिलालई पढ्न दिने निर्णयबाट पछि हट्यो « Khabarhub

तालिबान महिलालई पढ्न दिने निर्णयबाट पछि हट्यो


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा सरकार हाँकिरहेको तालिबानले महिलालाई विद्यालय जान दिने निर्णय रद्द गरेको छ । सर्वत्र दबाबपछि अफगानिस्तानमा तालिवानले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि एकाएक निर्णय नै रद्द गरिएको हो ।

छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरूले पनि पुष्टि गरेका छन् । तर किन निर्णय रद्द गरियो भन्ने बारेमा भने उनीहरूले केही बताएका छैनन् । तालिबानको यस्तो निर्णयबाट खुशी भएकाहरू अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुःखी भएका छन् ।

छात्रालाई विद्यालय जान दिने निर्णय तत्काल कार्यान्वयन नहुने हो ? भन्ने पत्रकारहरूको प्रश्नमा तालिबान प्रवक्ता इनामुल्लाह सामाङ्गानीले भने, ‘हो, त्यो सत्य हो ।’
सरकारले विद्यालय जान नदिने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् ।

‘निर्णय कार्यान्वयन हुन नसक्नुको कारणका बारेमा अहिले नै विस्तृत व्याख्या गर्न हामीलाई अनुमति छैन,’ शिक्षा मन्त्रालयका प्रवक्ता अजीज अहमद रायनले भने ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेयता महिला अधिकार खोसिएको भन्दै अधिकारवादीहरूले निरन्तर आवाज उठाउँदै आएका थिए । उनीहरूको दबाबका कारण तालिवान उच्च अधिकारीहरुले महिलाहरुको अधिकार पुनर्बहाली हुने आश्वासन पनि दिँदै आएका थिए । 

विश्वभरबाट आएको दबाबका कारण तालिबान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका कार्य गर्न दिने निर्णय पनि गरेको थियो । तर अहिले आएर एकाएक त्यस निर्णयबाट तालिबान पछाडि हटेको हो ।

तालिबानले छात्रालाई विद्यालय जान दिने निर्णयबाट पछाडि हटेकोप्रति संयुक्त राष्ट्रसंघले पनि आपत्ति जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरुले तालिबान सरकारको पछिल्लो निर्णयबाट अत्यन्त दुःखी बनाएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : ३० बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल