नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अङ्कले घटेर दुई हजार ६३०.३६ मा पुगेको छ ।

नेप्सेको गिरावटसँगै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.२२ अङ्कले ओरालो लागेर ४९५.११ मा आएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको आजको बजारमा कूल २२६ कम्पनीका ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर रु दुई अर्ब चार करोड ६३ लाख ५२ हजार ५४७ मा खरिद विक्री भएका छन् ।

आज कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहका शेयर मूल्यमा वृद्धि देखियो भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लाग्यो । जसमा व्यापार १२.७७ र सामूहिक लगानी कोष ०.०४ अङ्कले बढेका छन् । बैंकिङ ९.१३, होटल तथा पर्यटन १९.८६, विकास बैंक ५२.५८, जलविद्युत् ३६.३९, वित्त ३४.५३, निर्जीवन बीमा ७९.५३, उत्पादन ७६.२१, अन्य २२.२१, लघुवित्त २०.७५, जीवन बीमा १२६.३१ र लगानी ०.८१ अङ्कले घटेका छन् ।

कारोबारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । यो कम्पनीको कूल रु आठ करोड ४१ लाख ९४ हजार ६३९ रकम बराबरको कारोबार भयो । जीवन विकास लघुवित्त रु आठ करोड ४० लाख २३ हजार ३३६, अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको रु आठ करोड १७ लाख १९ हजार २२४, नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ६० लाख ७६ हजार ९६८ र अपी पावर कम्पनीको रु छ करोड १० लाख ५१ हजार २१२ मूल्य बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे । नेप्सेका अनुसार, राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको आजको बजारमा इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

सनराइज बैंककोे ऋणपत्र ४.०४ एनआइबीएल प्रगति फण्ड ३.११ र नविल बैंकको ऋणपत्र २.९२ प्रतिशतले बढेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : २९ बजे

आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २४ गते शनिबार फागुन

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप