विहार सरकार र मधेश सरकारबीच पर्यटन प्रवर्द्धनको विषयमा परामर्श « Khabarhub

विहार सरकार र मधेश सरकारबीच पर्यटन प्रवर्द्धनको विषयमा परामर्श


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– भारतको विहार सरकार र मधेश सरकारबीच पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

आजादी का अमृत महोत्सव (इन्डिया एट ७५) अन्तर्गत वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले गरेको ‘विहार सरकार र मधेश प्रदेश सरकारबीच पर्यटनको प्रवर्द्धन’ नामक कार्यक्रममा पर्यटनको क्षेत्रमा दुई पक्षीय हितका विषयमा छलफल भएको हो ।

छलफलमा सहभागीहरूले दुवै तर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू र यसका समाधानका उपायहरूबारे चर्चा गरेका थिए ।

त्यस्तै, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धका साथै भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटको सम्बन्धको महत्वबारे पनि सहभागीहरूले धारणा राखेका थिए ।

छलफलमा मधेस प्रदेश र विहारको पूर्वी तथा पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा विशेष जोड दिइएको थियो ।

त्यसैगरी, सीमामा हेल्प डेस्कको स्थापनालगायत विषयमा चर्चा भएको थियो ।

साथै, नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार तथा सहजीकरण गर्ने विषयमा मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले सहमति जनाउनु भएको थियो ।

छलफलमा मन्त्री महतो, पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआईडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधिलगायत सहभागी थिए ।

 

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : ११ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी