जलवायु परिवर्तनका कारण पर्वतीय वातावरणमा परेको असरप्रति सबैको ध्यान जानुपर्छ : प्रधानमन्त्री « Khabarhub

जलवायु परिवर्तनका कारण पर्वतीय वातावरणमा परेको असरप्रति सबैको ध्यान जानुपर्छ : प्रधानमन्त्री


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण पर्वतीय वातावरणमा परेको असरप्रति सबैको ध्यान जानुपर्ने बताएका छन्।

बुधबार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पारिरहेको भन्दै यस बिषयमा नेपालको एजेण्डालाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताए ।

उनले विश्वका हिमाली देशहरुसंग पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीका विषयमा सहकार्य आवश्यक रहेको धारणा राखे । सम्मेलनमार्फत पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा हुने छलफल महत्वपूर्ण हुने उनको भनाइ छ ।

दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागि छन् । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : ०१ बजे

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क