मन्त्री आलेसँगको संवादमा सलमानले भने ‘नेपाल आउन आतुर छु’ « Khabarhub

मन्त्री आलेसँगको संवादमा सलमानले भने ‘नेपाल आउन आतुर छु’


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता सलमान खानले आफू नेपाल आउँन इच्छुक रहेको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मंगलबार भएको भर्चुअल संवाद गर्दै सलमानले आफूलाई नेपाल मन पर्ने र आउन चाहेको बताएका हुन् । ‘पहिले पनि आउन चाहेको थिएँ । तर, पटकपटक कार्यक्रम सरिरहेको छ । अब भने तय भएकै समयमा हुन्छ’ सलमानले भने ।

अभिनेता खानसँग भएको भर्चुअल संवादमा मन्त्री आलेले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन आग्रह गर्दै नेपाल आउन र हिमाली सुन्दरताको अनुभव गर्न आग्रह गरे ।

मन्त्री आलेको आग्रहमा सकारात्मक रहँदै सलमानले नेपाल आएको सम्झिए । ‘म नेपाल फिल्म बुलन्दको छायांकनका लागि आएको थिएँ । यद्यपि त्यो फिल्म हलसम्म नै आइपुगेन । तर, त्यसपछि नेपाल आउन पाएको छैन’ सलमानले कुराकानीका क्रममा भने ।

मन्त्री आलेले पनि सलमानलाई सगरमाथा र बुद्धको देशमा स्वागत गर्न आतुर रहेको बताए । काठमाडौंको दशरथ रंगशालामा जेठ १४ मा हुने कार्यक्रमका लागि नेपाल आउन लागेको सलमानले बताए । यसअघि पटकपटक नेपाल आउन आग्रह भए पनि समय नमिलेको भन्दै यसपटक एकदमै उत्साहित रहेको सलमानले बताए ।

करिब १० मिनेट भएको भर्चुअल कुराकानीमा मन्त्री आलेले आफू खानको ठूलो फ्यान भएको र पहिलो फिल्म ‘बिबी होतो एसी’ देखि ‘तेरे नाम’ समेत रहेको प्रतिक्रिया दिए । दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । ओडीसीका सिमान्त गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए ।

‘बलिउडका कलाकारभन्दा अगाडि नेपाली कलाकारहरूको पनि प्रस्तुति रहने छ । उनीहरूको डेढ घण्टाको प्रस्तुति पश्चात् मात्र बलिउडका कलाकारहरू स्टेजमा आउनेछन्’ सिमान्तले भने । कार्यक्रमका लागि ५ हजार, १० हजार, १५ हजार र २५ हजारको टिकेट मूल्य तोकिएको छ । कार्यक्रमको पहिलो टिकेट मन्त्री आलेले लिएका थिए । साथै, उनलाई ओडीसी परिवारले अतिथिका रूपमा निम्तासमेत गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : ०७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।