सोहेल खान नेपाल आउँदै « Khabarhub

सोहेल खान नेपाल आउँदै


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो जेठ १४ गते सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न उनका भाइ सोहेल खान नेपाल आउने भएका छन् ।

उनी अप्रिल १३ मा नेपाल आएर सलमानको ‘दबङ रिलोडेड टुर’ को तयारीका बारेमा बुझ्ने छन् । ‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि अप्रिल १४ मा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ’ ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भएको भर्चुअल सम्वाद पश्चात् सोहेल आउने बताइएको थियो ।

जेठ १४ गते दशरथ रंगशालामा हुने अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ र ‘पर्यटन प्रवद्र्धन’ बारे उनीहरूबीच छलफल भएको हो ।

छलफलका क्रममा सलमानले आफू नेपाल आउन उत्साहित रहेको बताएका थिए । यस्तै, भर्चुअल संवादमा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।

कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनको भनाइ थियो । मन्त्री आलेले हिन्दी भाषामै सलमानसँग कुरा गर्दै भने, ‘आपका फ्यान नेपालमे बहुत है । हम आपको स्वागत करने के लिए आतुर है ।’ सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुशी लागेको बताएका थिए । कुराकानीका क्रममा पर्यटनमन्त्री आलेले सलमानलाई नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि आग्रह गरे ।

सलमानले पनि विगतका दुई वर्ष मुस्किलले बितेको बताउँदै नेपाल आएर सबैलाई मनोरञ्जन दिन पाउँदा आफू खुशी हुने बताएका थिए । करिब १० मिनेट भएको भर्चुअल कुराकानीमा मन्त्री आलेले आफू खानको ठूलो फ्यान भएको र पहिलो फिल्म ‘बिबी होतो एसी’ देखि ‘तेरे नाम’ समेत रहेको प्रतिक्रिया दिए ।

दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । ओडीसीका सिमान्त गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकेट मूल्य तोकिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : २८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।