मालीमा हिंसात्मक घटनामा १६ सैनिकको मृत्यु « Khabarhub

मालीमा हिंसात्मक घटनामा १६ सैनिकको मृत्यु


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी मुलुक मालीमा भएका छुट्टाछट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको छ । पछिल्ला केही वर्षयता हिंसात्मक आक्रमणको चपेटामा पर्दै आएको मालीमा भएका बेग्लाबेग्लै घटनामा १६ सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हिंसात्मक घटनामा अरु १८ जना घाइते भएको बताइएको छ । आक्रमणपछि गरिएको जवाफी कारवाहीका क्रममा ३७ विद्रोही लडाकु पनि मारिएका र उनीहरूबाट ठूलो परिमाणमा हतियारहरू जफत गरिएको मालीको सेनाले जानकारी दिएको छ ।

आक्रमणमा आतंकवादी संगठन इस्लामिक स्टेटको हात रहेको बताइएको छ । दुई करोड १० लाख जनता भएको गरिब राष्ट्र मालीमा सन् २०१२ मा शुरु भएको तुआरेग विद्रोह र इस्लामिक अतिवादीको हिंसाका कारण दशौं हजार मानिसहरुको ज्यान गइसकेको छ भने अरु धेरै घाइते भएका छन् ।

त्यसयता आतंकवादी आक्रमणहरु छिमेकी मुलुकहरु बुर्किना फासो, मौरिटेनिया, निजेरजस्ता मुलुकमा समेत फैलिएको छ । हिंसा अन्त्यका लागि मालीका पूर्व उपनिवेशकर्ता मुलुक फ्रान्सले त्यहाँ सन् २०१३ मा अपरेशन सर्भल नामक सैनिक कारवाही अघि बढाएको थियो ।

सन् २०२० मा सत्ता कब्जा गरेको मालीको सत्तारूढ सैन्य प्रशासनले जिहादी समूहसँग निरन्तर लड्दै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : ५३ बजे

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन

काठमाडौं– ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै

कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकमा दुई वटा विधेयक पेस

जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

गुल्मी– गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु 

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन्