लेटाङमा भोलि बिहानदेखि निषेधाज्ञा हट्ने « Khabarhub

लेटाङमा भोलि बिहानदेखि निषेधाज्ञा हट्ने


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- तीन दिन तनावग्रस्त रहेको मोरङको लेटाङ नगरपालिकामा स्थिति सामान्य बन्न थालेपछि भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नगरपालिकाको चौतर्फी अध्ययनपछि सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। तनावग्रस्त क्षेत्रमा आज बेलुका ६ बजेदेखि भोलि बिहानसम्मको निषेधाज्ञा भने कायम नै रहेको बताइएको छ ।

स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यहार गरेको विषयलाई लिएर तनावग्रस्त बनेको सो क्षेत्रमा कर्तव्य पालनाको सिलसिलामा विराटनगर रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको दुःखद् निधन भएको थियो । घटनामा प्रर्दशनकारी र सुरक्षाकर्मीसमेत घाइते भएकाले उक्त प्रवृत्तिको घटना दोहोरिन नदिन र जनधनको थप क्षति हुनबाट रोक्न अत्यावश्यक सेवाबाहेक मानिस आवतजावत, भेला गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम यही चैत ६ गते निषेधाज्ञा आदेश भएको थियो ।

हालको अवस्था सामान्य रहेको छ, तथापि सो क्षेत्रमा प्रहरी गस्ती र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ४५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट