डिप्रेसन भएका एक नेपाली दूतावासको सेल्टरबाटै बेपत्ता « Khabarhub

डिप्रेसन भएका एक नेपाली दूतावासको सेल्टरबाटै बेपत्ता


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् ।

सन्तोष शाह नाम गरेका युवा १९ अप्रिलदेखि रियाद बत्था भन्ने ठाउँबाट बेपत्ता भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

डिप्रेशनको सिकार भएर र बोल्न नसक्ने अवस्था भएपछि उनलाई केही दिनदेखि दूतावासको सेल्टरमा राखेर नेपाल पठाउने प्रक्रिया सुरु भइरहेको थियो।

उनको एक्जिट भिसा लागिसकेको छ तर राति नेपाली दाजुभाइहरू सुतेको मौका पारेर सेल्टरबाट उनी बाहिर निस्किएको दूतावासले जनाएको छ ।

उनको खोजतलासको लागि साउदीस्थित सम्बन्धित प्रहरी कार्यालयलाई जानकारी गराएको छ।  दूतावासले उनलाई कतै देखे/भेटेमा नजिकको प्रहरी कार्यालय वा दूतावासको ०५०००७६७९४ मा सम्पर्क गरिदिन त्यहाँ रहेका नेपाली समुदायलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : ५१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने